निलम्बनमा परेका काली भक्त अख्तियारका प्रमुख लोकमान सिंह कार्कीले सिपाहीलाई गोडा धुवाउँदा >>>

6:53 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
लाइट नेपाल



यसपाला पनि ‘पत्रकारलाई के दसैं के तिहार…’ भनेजस्तै भयो।
अष्टमीको दिन गोरखामा भिआइपीहरुको ओइरो लाग्छ। ढुक्क दसैं मनाउन भन्दा पनि हाम्रो ध्याउन्न समाचार संकलनमा पनि हुन्छ।

नौरथामा शक्तिपिठहरुको पूजा अर्चना गर्ने चलन छ। हाम्रो जिल्लामा मनकामना र गोरखकाली गरेर दुई प्रसिद्व मन्दिर भएकाले पनि नौरथाभरि भिआइपीहरुको आइजाइ चलिरहन्छ। अझ अष्टमीको दिन विशेष हुन्छ।

भिआइपीहरु सुरुक्क भक्तालु बनेर आए। पूजा अर्चना गरेर फर्के भन्ने हाम्रो काम बन्दैन। तर उनीहरु भक्त मात्र हुन रुचाउँदैनन्। केहि न केहि समाचारको मसला छाडेर जान्छन्, बर्षेनी। कहिले ठूलो कहिले सामान्य समाचार फेला पर्छ।
यसपाला मनकामना दर्शन गर्न मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मी र
गृहमन्त्री माधव घिमिरे मनकामना आए। उनीहरु तिर्थाटनबारे सुरक्षा निकायले थाहाँ नदिएकाले मनकामना मन्दिर पुग्न भ्याइएन।

गोरखा सदरमुकामबाट मन्दिर पुग्न दुई घन्टा आसपास लाग्छ। पुग्न नसकेपनि जति खबर थाहा पाइयो एफएमबाट त्यति नै बजाइयो। दिउँसोपख मनकामनामा अर्का भिआइपी आएको खबर आयो– अख्तियार प्रमुख लोकमानसिंह कार्की।
सिडिओ र डिएसपीको विहानदेखि नै कुदाकुद चलिरहेको थियो। तिर्थमा आएका भिआइपीहरुलाई सुरक्षा दिनु बाहेक अरु सत्कार, सुविधा प्रहरी प्रशासनको जिम्मा हैन। तर यो सिद्दान्त मात्र हो। व्यवहारमा, जे कामको लागि आएको भएपनि ठूला बडाले भाउ खोजिहाल्छन्। विचरा सिडिओ, डिएसपीलाई त्यसको परिपाट मिलाउँदैमा भ्याईनभ्याई हुन्छ।

लोकमानलाई स्वागत गर्न सिडिओ, डिएसपीहरु ५ किलोमिटर तल नै पुगिहाले। पुग्नैपर्‍यो। मोटरहरुको लावालस्कर सहित लोकमान गोरखा आइपुगे।

लोकमान पुरै भक्त बनेर आएका थिए। भेष पनि उस्तै साधारण। सामान्य टिसर्ट, ट्राउजर। कमिज बाहिरै दुईवटा रुद्राक्षको माला। हातमा डोरो त छँदै थियो।

अपरान्हको त्यस्तै ५ बजेको हुँदो हो। म, एनटिभी र न्यूज २४ को साथि भएर लोकमानको पछि लागियो। साथमा पत्रकारिताको रुची भएका इश्वरी ढकाल भाइ पनि थिए।

गोरखकालीमा वर्षभरिमा अष्टमीकै दिन सबैभन्दा भिड हुने हो। सयौं भक्तालु लाइनमा थिए। हामी मन्दिरमा पुगुञ्जेल कम्तीमा एक हजार बोका वली चढाइसकिएको थियो होला। मन्दिर प्राङ्गण रगताम्य थियो। कतै आलो कतै अधकल्चो कतै जमेको रगत। रगतमा नटेकि दर्शन गरेर फर्किन सम्भव थिएन।

लोकमान पत्नी र छोरी लिएर आएका थिए। अख्तियारकै डिआइजी विरेन्द्रवावु श्रेष्ठ पनि साथैमा थिए। श्रेष्ठ गोरखाकै स्थायी बासिन्दा पनि हुन्। सायद भगवतीको नजरमा पनि सबै समान छैनन्। त्यसैले जोकोहि भिआइपीले लाइन लाग्नु पर्दैन। लोकमान, परिवार र उनीसँग आएका श्रद्वालुले त्यहिँ सुविधा लिए।

लोकमानले बडा मन लगाएर कालीको पूजा अर्चना गरेँ। आराधना गरेँ। उनले एक चित्तले देवीलाई सम्झे जस्तो देखिन्थ्यो।

मन्दिरबाट फर्कदा अरु भक्तालु जस्तै लोकमानको खुट्टामा पनि रगत लतपतिएको थियो।
उनको पछि पछि ग्रुप नै दर्शन गरेर फर्क्यो।

गोडा धुने कता हो? गोडा धुने कता हो? लोकमानले सोधे।

‘बाहिर धारा छ,’ लोकमान, उनको परिवार, डिआइजी श्रेष्ठ, सिडिओ, डिएसपी सबैले सुन्ने गरि मैले नै जवाफ दिए। मन्दिरबाट निस्कदा हातगोडा धुने त्यहिँ एउटा धारो न थियो।
टोली धारा भएतिर लागेन।
डिएसपीले अन्यत्रै मोडे।
‘यता छुट्टै व्यवस्था छ,’ डिएसपीले भने। लोकमान उनले इशारा गएतिरै लागेँ।
अख्तियारको प्रमुख आयुक्त। उनका परिवार र अरु भिआइपीका लागि साँच्चिकै छुट्टै व्यवस्था गरिएको रहेछ। रातो र नीलो बाल्टिमा पानी भरेर राखिएको रहेछ। एउटा मग पनि व्यवस्था थियोे।

गोरखकाली मन्दिर डाँडाको टाकुरामा छ। पानीको हाहाकार नै छ। वली दिएर मन्दिर परिसर नै रगताम्य भएको बेला लोकमान मात्र हैन सबै भक्तालुलाई साँच्चिकै आपत नै पर्छ।
‘सिपाहीलाई किन पानी बोकाएको होला,’ मलाई दिक्क लागिसकेको थियो। तैपनि हाम्रो काम टिप्पणी हैन खवर दिने हो भनेर म पछि पछि लागेँ।

पानीले भरिएको वाल्टीनेर पुगेपछि लोकमान टक्क अडिए। डिएसपीले इसारा गरेपछि एकजाना सिपाही लोकमानको गोडा पखाल्न थालेँ। लोकमानले पनि नाँइनास्ती गरेनन्।
मलाई ताज्जुव लाग्यो– अख्तियार प्रमुख भएपछि तमाम ‘सुधार’का कुरा गरिरहेका लोकमानको सुद्वि किन हराएको होला!

सिपाहीलाई किन गोडा धुन लगाउनुहुन्छ? भनेर पौठाजोरी खेल्ने काम हाम्रो हैन। मैले आफ्नो काम थाले। धमाधम फोटो खिच्न थालेँ– क्लिक, क्लिक, क्लिक।
उनकी छोरी चलाख रहिछन्।

‘पख्नुस्, पख्नुस्, पख्नुस्,’ उनी कराउन थालिन, ‘गोडा धोएको फोटो नखिच्नु।’हामी (अरु पत्रकार साथी) ले आफ्नो काम तमाम गरिसकेको थियौं।लोकमान- वीरेन्द्रवावु खासखुस गरे।‘यो फोटो लिनुभएन यार,’ वीरेन्द्रवावुले हामीसँग अनुरोध गरेँ। जिल्लावासी भएकाले उनी मलाई नामले नै चिन्छन्।‘डिलिट भैसक्यो,’ मैले उनलाई भन्दिए। गलफत्ति गर्नुभन्दा उनलाई पन्छाउनु नै जाती लागेर मैले झुक्याइदिए।लोकमान गोरखकालीलाई साक्षत देवी मान्दा रहेछन्। दर्शन गरेर हातगोडा धोएर निस्किँदा उनी निकै गदगद थिए।
यहाँ के समस्या छ?
पानी र बाटो। हामी पत्रकार पनि स्थानीयको हैसियतमा बोल्यौं। मन्दिरका तालुकदार र सिडिओले पनि त्यहिँ भने।‘मलाई यहिँ काम गराउन काली माईले आज यहाँ डाक्नुभएको होला,’ झनै प्रसन्न हुँदै लोकमानले जंगे शैलीमा भने, ‘अफिस खुल्ने वित्तिकै म सडक र खानेपानी विभागलाई निर्देशन दिइहाल्छु।’

यसो भनिरहँदा अख्तियार प्रमुखको काम विकास निर्माण हो कि अनुसन्धान भन्ने तथ्यको लोकमानले ख्याल गरेनन्।उनी झनै सुरिए , ‘म कालीको भक्त हुँ, यो बाटो पीच गराएरै छाड्छु। जहाँबाट भएपनि पानी ल्याउँछु ल्यउँछु।’आफ्नो ठाउँमा विकास हुने भयो भनेर हामी पत्रकार पनि रमायौं। उनलाई अधिकार क्षेत्र स्मरण गराएर प्रश्न तेर्स्याएनौं।विदावारी भएर हिँड्नेवेलामा पनि लोकमानले सिडिओलाई सडक र खानेपानीबारे घचघचाउन भनिरहेका थिए। उनले गरेको पूजाअर्चना र बाचाबारे समाचार बनायौं।दसैंका अरु दिन पनि अष्टमी जस्तै समाचारको चटारो छदै थियो। झरीले दसैंलाई थप उदास बनायो। सात दिनदेखि त्यो सिपाहीको निन्याउरो अनुहार झलझली मेरो आँखामा घुमिरहेको छ।

एक त दसैंमा छुट्टी पाउनु छैन। त्यहाँमाथि एक्काइसौं शताव्दीमा पनि ठूला हाकिमको गोडा धुनुपर्दा सिपाहीको मनमा कस्तो आँधीबेहरी चल्दो हो।त्यसको छनक बाल्टीबाट मगमा पानी उबाएर लोकमानको गोडा पखालिरहँदा नै मैले उसको अनुहारमा पढिरहेको थिए।
(रेडियो गोरखाका स्टेसन म्यानेजर थापासँग कुराकानीमा आधारित)
नोट यो समाचार केहि बर्ष अघि सेतोपाटिमा छापिएको समाचार हो हामीले अहिले नेपाल लोकमानमय भएको बेला यस सामग्रीलाई साभार गरेका हौ |
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images