भारतीय कम्पनीसँग गरेको सम्झौता भंग गर्दै नेपाल सरकार आफैंले फास्ट ट्रयाक बनाउने ....

2:12 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ५ मंसिर –तराई फास्ट ट्रयाक सडक आयोजना सरकार आफैंले बनाउने र सार्वजनिक सडक सरह बनाउने निर्णय सरकारले गर्ने तयारी गरेको छ। आइतबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले फास्ट ट्रयाकका लागि भारतीय कम्पनीसँग गरेको सम्झौता भंग गर्दै सरकार आफैँले निर्माण एवं सञ्चालन ल्याउन लागेको बताए।

‘फास्ट ट्रयाक अब सरकार आफैंले बनाउँछ। यसको निर्माण अब सार्वजनिक सडक सरह हुनेछ,’ उनले भने,‘ यद्यपी अफिसियल्ली निर्णय भने भइसकेको छैन।’ पुरानो भारतीय कम्पनीसँग भएको सम्झौता रद्ध गरी अब सार्वजनिक सडक सरह बनाउने गरी एउटा सुझाव समिति बनाउने निर्णय गरेका छौ,’ मन्त्री लेखकले भने,‘योजना आयोगका अध्यक्षको नेतृत्वमा बनेको सुझाव समितिबाट आएको सुझावका आधारमा योजना अघि बढाउनेछौ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images