मध्यरातमा एमालेको ‘बोल्ड’ निर्णय, एमालेको बोल्ड निर्णयले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चालाई कडा झट्का

6:54 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ५ मंसिर – प्रमुख विपक्षी दल नेकपा (एमाले)ले संविधान संशोधनमा कुनै आउने कुनै पनि प्रस्तावको विपक्षमा जाने निर्णय गरेको छ । काठमाडौंको धुम्बाराहीमा आइतबार बेलुका आकस्मिक बसेको स्थायी समितिको बैठकले संविधान संशोधनभन्दा पनि संविधान पालनका विषयमा सबैसँग आग्रह गर्ने निर्णय गरेको हो । एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार एमालेले संविधान संशोधनमा कुनै पनि हालतमा सहयोग नगर्ने बताउनुभयो ।


‘९० प्रतिशतभन्दा बढी सभासदहरूको समर्थन र हस्ताक्षरमा बनेको संविधान संशोधन गर्ने होइन’, उहाँले भन्नुभयो, ‘संविधान कार्यान्वयन पनि होइन अहिलेको आवश्यक्ता भनेको संविधानको रक्षा र पालना महत्वपूर्ण छ ।’ सचिवालय सचिव श्रेष्ठले सरकार गठनका बेला कोसँग कहाँ के सहमति भयो ? त्यसमा एमालेको कुनै चासोको विषय नरहेको भन्दै सत्ता टिकाउन एमालेले संशोधनमा सहयोग नगर्ने उल्लेख गर्नुभयो । प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार बेलुका पाँच बजे प्रमुख दलका शीर्ष नेताहरूको बैठक बालुवाटारमा बोलाउनु भएको छ । सो बैठकमा सहभागी भएर संशोधनका पक्षमा एमाले नरहेको जानकारी गराउने स्थायी समितिको निर्णय पनि सुनाइनेछ । संशोधनका लागि सत्तारुढ दलहरूले तयारी गरिरहेका बेला एमालेको बोल्ड निर्णयले कांग्रेस, माओवादी केन्द्र र मधेसी मोर्चालाई कडा झट्का लागेको छ !
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images