योगेश भट्टराईको सुझावपछि हेलिकोप्टरबाट देवीको दर्शन गर्न प्रचण्ड पाथीभरा

7:11 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
मंसिर ७ । सोमबार राती प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीबीच प्रधानमन्त्री निवास बालुवाटमै केही अरोप–प्रत्यारोप चलेको थियो ।

प्रचण्डले संविधान संशोधनको विषयमा एमालेलाई सहयोग गर्न आग्रह गर्दा ओलीले राष्ट्रघाती कदममा एमालेले सहयोग गर्न नसक्ने भनेपछि केही भनाभैरी चलेको थियो ।

तर, त्यसैको भोलिपल्ट भने एमालेकै एक नेताको सुझाव मान्दै प्रचण्ड पाथीभरा देवीको दर्शन गर्न ताप्लेजुङको पाथीभारा पुगेका छन् । त्यसको संयोग भने कञ्चनजंघा हिरक महोत्सवले मिलाइदिएको छ । प्रचण्ड कञ्चनजंघा हिरक महोत्सव उद्घाटन गर्न मंगलबार ताप्लेजुङ जिल्लाको सुकेटार पुगेका थिए । दिउँसो करिब २ः३० मा सुकेटार पुगेका प्रचण्डको पाथीभरा मन्दिरको दर्शन गर्ने कुनै कार्यतालिका थिएन ।

तर, ताप्लेजुङकै साँघुमा जन्मिएका एमाले सचिव योगेश भट्टराईको सुझावपछि उनी हिरक महोत्वसको उद्घाटनपछि पाथीभराको दर्शन गर्न गए । हिरक महोत्सवकै लागि भनेर सोमबार नै सुकेटार पुगेका भट्टराई र प्रधानमन्त्री प्रचण्ड महोत्सव उद्घाटनका बेला एउटै मञ्चमा थिए ।

त्यसैबेला प्रचण्डले भट्टराईसँग केही कुराकानी गरे । उनीहरुबीच के गोप्य कुरा भयो भन्ने कसैले पनि अनुमान गर्न सकेनन् । तर, जब प्रचण्ड महोत्सवबाट बाहिरिए । त्यसपछि उनी सवार हेलिकोप्टर सिधै पाथीभरा देवीको मन्दिरतिर मोडियो । प्रधानमन्त्री प्रचण्डको हेलिकोप्टर त्यतातिर मोडिएपछि सञ्चारकर्मीबीच फेरि कानेखुशी भयो ।

पछि मात्र थाहा भयो । प्रचण्ड त भट्टराईको सल्लाहमा पाथीभरा देवीको दर्शन गर्न गएका रहेछन् । भट्टराई र प्रचण्डबीच भएको कानेखुशीका क्रममा प्रचण्डलाई भट्टराईले पाथीभरा देवीले मागेको सबै पूरा गर्ने भन्दै त्यहाँ जान र संविधान कार्यान्वयन होस् भनी माग्न सुझाव दिएका रहेछन् । भट्टराईको सुझावपछि पाथीभरा पुगेका प्रचण्डले भट्टराईले दिएको सुझाव अनुसार संविधान कार्यान्वयन होस भनी मागे वा अरु केही त्यो भने प्रचण्ड नै जानुनन् । Zoomnp


भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images