नेपालको गौरव बढाउँदै बिजेता बनेको नेपाली राइनोजले पायो ६० हजार अमेरिकी डलर र मित्सुबिशी कार ...

7:30 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २९ कात्तिक –अमेरिकामा भएको टु टेन क्रिकेट युएसए कपको उपाधि ‘नेपाली राइनोस’ले जितेको छ । गएराती भएको फाइनल खेलमा हस्टन स्पार्क्सलाई फराकिलो ५४ रनले पराजित गर्दै उपाधि हात पारेको हो ।

टस हारेर पहिले ब्याटिंग गरेको राइनोजले पहिलो इनिंगमा ३ विकेटको क्षतिमा ७३ रन जोड्यो । स्पार्क्सले आफ्नो पहिलो इनिंगमा ३ विकेटको क्षतिमा ७४ रन जोड्दै १ रनको अग्रता लियो ।

दोस्रो इनिंगमा राइनोजले १ सय २४ बनाउदै स्पार्कसलाई एक सय ९८ रनको लक्ष्य दियो । जवाफी ब्याटिंगमा उत्रेको स्पार्कसले अल आउट हुदै एक सय ४३ रन मात्रै बनाउन सक्यो ।

नेपाली राइनोजको जितमा कप्तान पारस खड्काले सानदार ब्याटिङ गर्दै दुवै इनिन्ग्मा गरी ७७ रन बनाए । त्यस्तै शन फान्डलीले ६१, सुबास खकुरेलले ३२ रन जोडे भने बलिंग तर्फ शन फान्डलीले ३ विकेट, पारस , सोम्पाल र रूस्ती थ्रोनले समान २-२ विकेट लिएका थिए ।

बिजेता राइनोजले ६० हजार अमेरिकी डलर साथै २० हजार डलर बराबरको मित्सुबिशी कार प्राप्त गरेको छ भने उप बिजेता हस्टनले १८ हजार अमेरीकी डलरमा चित्त बुझाएको छ । राइनोजो तर्फ बाट शन फान्डली म्यान अफ द म्याच घोषित भए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images