देश एमालेमय बन्दै : काँग्रेसले झुक्याएको भन्दै काँग्रेसको भण्डाफोर गर्न सुनसरीका अध्यक्ष सहीत २०० जना कार्यकता एमालेमा प्रवेश

8:10 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
सुनसरी । नेपाली काँग्रेसका कार्यकर्ताहरु पार्टीले विभिन्न आश्वसन दिएको र झुक्याएको भन्दै नेकपा (एमाले) मा २ सय भन्दा बढि पार्टी प्रवेश गरेका छन् । नेकपा एमाले धरान विशेष इलाका कमिटिले आज धरानमा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा नेपाली काँग्रेसको भातृ संगठन नेपाल दलित विद्यार्थी संघ सुनसरीका अध्यक्ष गोविन्द विश्वकर्मा, काँग्रेसका कार्यकर्ता धनबहादुर कुलुङ्गसहित २ सय भन्दा बढि नेता कार्यकर्ताले काँग्रेस पार्टी परित्याग गरेको घोषणा गर्दै एमालेमा प्रवेश गरेको नेकपा (एमाले) धरान विशेष इलाका कमिटिका प्रचार विभाग प्रमुख शेरबहादुर परियारले जानकारी दिएका छन् ।


नव प्रवेशी कार्यकर्तालाई नेकपा एमालेका नेता तथा सांसद कृष्णकुमार राई, एमाले सुनसरीका उपाध्यक्ष रमेश बस्नेत, १ नम्बर क्षेत्रीय इन्चार्ज प्रकाश राई, धरान नगर इन्चार्ज प्रदिप भण्डारी, सह इन्चार्ज, जयकुमार राई, १ नम्बर क्षेत्रीय उपाध्यक्ष नरेश इवारम, युवा संघ नेपालका केन्द्रीय सदस्य हिमाल लिम्बु लगायतका एमाले नेताहरुले अविर जात्रा गरि स्वागत गरेका छन् ।

एमालेमा प्रवेश गर्नेहरुले स्थानीय विकास निर्माणका काममा आश्वसन दिने तर कुनै पहल कदमी नगर्ने र झुटा तथा फोस्रा कुरा गरेर अलमल्याउन खोजेकोले काँग्रेसको भण्डाफोर गर्न एमालेमा प्रवेश गरेको नव प्रवेशी गोविन्द विश्वकर्माले बताएका छन् । काँग्रेसका सांसद मिन विश्वकर्माले धरान पाँचकन्या जोड्ने सेउती पुल निर्माणमा असहयोग गरेको र १० वर्ष पछि मात्रै पुल बन्ने बताएकाले आफूहरु गाउँको जुनसुकै विकासमा एमालेले साथ दिएकाले पार्टी परिवर्तन गरेको विश्वकर्माले बताएका छन् ।

पार्टी प्रवेश गराउँदै नव प्रवेशी कार्यकर्तालाई उचित जिम्मेवारी दिँदै आफ्नो गाउँ आफै बनाऔं भन्ने अभियान पुरा गर्न र संविधान कार्यान्वयनमा सबै जनता एक बनाउन लाग्न निर्देशन दिएका छन् । कार्यक्रममा एमालेका धरान सह–इन्चार्ज जसकुमार राई, १ नम्बर क्षेत्रीय उपाध्यक्ष नरेश इवारम, सुनसरी उपाध्यक्ष रमेश बस्नेत, धरान नगर अध्यक्ष तारा सुब्बा, सांसद कृष्णकुमार राई, लगायतले सम्बोधन गरेका थिए । कार्यक्रममा धरान १५, १४ र २२ नम्बरका वडाबासीहरुको बाक्लो उपस्थिति रहेको थियो । राष्ट्रियता, जनजीविका, संविधान कार्यान्वयन र स्थानीय क्षेत्रको विकासमा एमालेले राम्रो नीति तथा कार्यक्रम ल्याएकाले जनताको एमालेमा प्रवेश गर्ने लहर सृजना भएको प्रचार विभाग प्रमुख शेरबहादुर परियारले बताएका छन् । श्रोत हाम्रो दमक
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images