भोलि एएफसी सोलिडारिटी कपको उपाधि जित्ने लक्ष्य राख्दै गर्दा मलेसियाबाट स्टाइगर बिमल घर्तीमगर ले पठाए यस्तो संदेश ......

5:50 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं २९ कार्तिक – एएफसी सोलिडारिटी कपको फाइनलमा मकाउको सामना गर्न नेपाल तयार भएको छ । फाइनल खेल भोलि मंगलबार मलेसियाको कुन्चिङमा हुनेछ । र, नेपाल मकाउलाई हराएर एएफसीले आयोजना गरेको कुनै पनि प्रतियोगिताको पहिलो उपाधि उचाल्ने दाउमा छ । साथै लगातार सात खेलमा अपराजित नेपाल एकै क्यालेन्डर इयरमा उपाधिमा हृयाट्रिक गर्न चाहन्छ ।

नेपाली टोली फइनल खेल्न तयार भएको छ । फाइनल खेल्नुपूर्व नेपाली टोलीका चर्चित स्ट्राइकर बिमल घर्तीमगरले मकाउसँगको खेल टिमको मात्रै नभएर सम्पूर्ण नेपालीको रहेको बताएका छन् । बिमलले फेसबुकमा मंगलबार हुने मकाउसँग तीन करोड नेपाली खेल्ने र नतिजा आफूहरुको पक्षमा आउने आशा रहेको उल्लेख गरेका छन् । यो खेल टिमका ११ खेलाडीको मात्रै नरहेको उनको भनाई छ । उनले भनेका छन्– ‘भोली मकाउसंग फाइनल खेल्दा ३ करोड नेपाली खेल्दै छौ । आशा गरौ नतिजा हाम्रो पक्षमा आउनेछ ।’ बिमलले राखेको स्टाटस जस्ताको तस्तै तल हेर्नुहोस : bimal


भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images