के नेपालले भित्र्याउला इतिहासमै पहिलो एसियालीस्तरको फुटबल उपाधि ? भोलि मकाउलाई जिते नेपालले इतिहास बनाउने

7:35 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २९ कार्तिक । भोली नेपाल र मकाउबीच सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनल हुँदैंछ । मलेसियमा भइहरेको यो प्रतियोगितमा नेपालले मकाउलाई हराएर उपाधि जित्न सके त्यो उपाधि नेपालका लागि नयाँ इतिहास बन्नेछ । किनकी नेपाल इतिहसामै पहिलोपटक एशियालीस्तरको उापधिका लागि पहलिोपटक फाइनल खेल्दैछ । लाओसले हराएको मकाउ प्रतिद्धन्द्धी रहेकाले पनि नेपालको फाइनलमा मनोबल उच्च छ भने नेपालका स्ट्राइकर बिमल घर्ती उच्च फर्ममा छन् । यसले पनि उपाधिका लागि नेपालको दाबेदारीता बलियो देखिएको छ । कीर्तिमान रच्दै नेपाल मलेसियामा जारी एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको नेपालले गत शनिबार भएको पहिलो सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० ले पराजित गर्दै इतिहास रच्ने तयारी गरेको हो । नेपालका लागि पेनाल्टी सुटआउटमा हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसका दुईओटा प्रहारलाई नेपाली गोलकिपर किरण चेम्जोङले रोकेका थिए भने लाओसको एउटा प्रहार बाहिरिएको थियो। किरणकै नायकीपनले नेपाल फाइनलमा पुगेको हो। यसअघि, कुचिङको मैदानमा भएको खेलको निर्धारित् ९० मिनेटसम्म १–१ गोलको बराबरी भयो । १८औं मिनेटमा डिफेन्सको कमजोरीले गोल खाएको नेपालले ४७औं मिनेटमा बराबरी गरेको थियो । भरत खवासको क्रसमा विमल घर्तीमगरले गोल गरे । nepalत्यसपछि थपिएको ३० मिनेटको खेलको १४औं मिनेटमा गोल गर्दै अनन्त तामाङले नेपाललाई अग्रता दिलाए । हेमन गुरुङको पासमा अनन्तले हेडगोल गरेका थिए । तर, खेल सकिन ३ मिनेट बाँकी छँदा फेरि डिफेन्सको कमजोरीले नेपालले गोल खाँदा पेनाल्टी सुटआउटमा निर्णय हुन पुग्यो । नेपाल समूहमा अपराजित रहँदै समूह विजेताको रुपमा सेमिफाइनलमा पुगेको थियो । नेपालले समूहमा ब्रुनाईलाई ३–० ले हराउँदा टिमोर लेस्टेसँग गोलरहित बराबरी खेलेको थियो । लाओसले भने मकाउसँग हार व्यहोर्दै समूह उपविजेता बनेको थियो । जितसँगै नेपाली टिमका मुख्य प्रशिक्षक जापानी ग्योतोकु कोजीले नेपालले उपाधि नै जित्ने भनाइ दोहोर्‍याएका छन् । शनिबारै भएको दोस्रो सेमिफाइनलमा मकाउले ब्रुनाईलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै फाइनलमा नेपालसँगको भेट तय गरेको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images