खेल बाट म्याच फिक्सिंग गर्नेहरु निकालिए पछि नेपाली फुटबल चम्किएको छ,त्यस्तै अब राजनीतिमा देश फिक्सिंग गर्नेहरु पनि देश बाट निकालिनु पर्छ अनि देश चम्कन्छ

12:15 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
सुर्य बस्याल
खेल बाट म्याच फिक्सिंग गर्नेहरु निकालिएपछि नेपाली फुटबल चम्किएको छ, त्यस्तै अब राजनीतिमा देश फिक्सिंग गर्नेहरु पनि देश बाट निकालिनु पर्छ अनि देश चम्किन्छ
सूर्य बस्याल
नेपाली फुबलमा यो वर्ष लगातार खुशी आएको छ । किनकी नेपाली फुटबल टीमले एक वर्षमा लगातार तीन उपाधि जितेर सबै नेपालीलाई एकता र सफलताको भावनात्मक सन्देस पनि दिएको छ । राजनितिले जताततै निराशा र आक्रोश उत्पन्न गाउँदा देशप्रति नै नकारात्मक बनेको नेपाली युवा पक्तिलाई फेरि एकपटक नेपालको झण्डा बोकेर ‘नेपाल, नेपाल–नेपाल’ भनेर देशको नामलाई गौरव साथ लिने अवसर जुराएको छ । नेपाली फुटबल इतिहासमै नेपालले एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि जितेर अहिलेसम्मकै महत्वपूर्ण उपलब्धि हासिल गर्दैगर्दा आम जनतार शुभचिन्तकमा नेपाली फुटबलप्रति आशा र उत्साह जागेको छ । गणेश थापाको पतन र म्याच फिक्सिङ काण्डको पर्दाफाससँगै अब नेपाली फुटबलले उपयुक्त बाटो समातेको हो कि भन्ने महसुस भएको छ । नेपालले यसै वर्षदेखि शुरु भएको सोलिडारिटी कप फुटबल प्रतियोगिताको पहिलो संस्करणको उपाधि जित्दै नेपाली फुटबल टोलीले नयाँ इतिहास रचेको छ र नेपाल अब कमजोर नरहेको सन्देस पनि दिएको छ ।
मलेसियाको कुचिङस्थित सरावक रङ्गशालामा बेलुकीपख सम्पन्न फाइनल खेलमा नेपालले मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको नेपालका लागि विश्वभर रहेका नेपाली दर्शकले अभूतपूर्व उत्साह थपेका थिए । अहिले नेपाली टीम बलियो देखिएको छ र अब अगाडि नरोकिने संकेत पनि देखिएको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यतिमा सीमित भएन । त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि नेपालले नै जित्यो । तर ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा)ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो । त्यस्तै साग फुटबलमा तीनजनाबाहेक अरू यु–२३ का खेलाडीले खेल्ने प्रावधान छ । तर मंगलबार जितेको सोलिडारिटी कप फिफाको आधिकारिक प्रतियोगिताको उपाधि हो ।


यो प्रतियोगिता यसै वर्षदेखि सुरु भएको हो । त्यसैले यसको अर्थ हामी विश्व फुटबलमा एउटा उच्च लक्ष्यका लागि अगाडि बढेका छौं भन्ने हो । अहिले नै हामी विश्वकप फुटबल वा एसियन कपमा नखेलौला । तर, हाम्रो लक्ष्य त्यहाँ पुग्ने हुनुपर्छ अब । यसका लागि सरकारले खेलाडीलाई आवश्यक सबै सुविधा दिएर भविष्य प्रति चिन्ता मुक्त पानुपर्छ र देशका लागि उपाधि उचाल्ने बाटो खोल्नुपर्छ । अब सरकारले सोच्नुपर्छ, हाम्रा कोही पनि खेलाडी म्याचफिक्सिङ गरेर पैसाका लागि ३ करोड नेपालीको आस्था, सम्मान र आशा नबेचुन । उनीहरुलाई राज्यले नै सम्पन्न बनाओस र देशका लागि मात्र सोच्ने वातावरण दिओस । त्यति भए नेपालले विश्व फुटबलमा आफ्नो नाम लेखाउनेछ । हुन त मंगलबार उपाधि जितसँगै एएफसि सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने सरकारले घोषणा गरेको छ । पक्कै पनि यो सकारात्मक निर्णय हो । तर, नेपाल सरकारले विजयी खेलाडीलाई प्रतिव्यक्ति तीन लाख नगद भनेको सम्मान मात्र हो र अब सम्मान सँगै सबल बनाउने दायित्व सरकारको हो । त्यो दायित्व पूरा गरेर सरकारले खेलाडीलाई उत्साह थपोस । सरकार एउटी उच्च वर्गकी धनाड्य सुजातालाई ५० लाख बाँडन सकिन्छ भने देशका हिरोहरु जसले देशका लागि मात्र जविन समर्पित गरिरहेका छन् । तिनलाई १–१ करोड किन दिन सकिदैन ? यसमा सरकारले अब सोच्नैपर्छ । अगाडिको निर्णय सरकारकै हो ।
जनताहरु अहिले भनिरहेका छन् कि खेल बाट म्याच फिक्सिंग गर्नेहरु निकालिए पछि नेपाली फुटबल चम्किएको छ । त्यस्तै, अब राजनीतिमा देश फिक्सिंग गर्नेहरु पनि देश बाट निकालिनु पर्छ अनि देश चम्किन्छ । अब राजनिति गर्नेहरुले यसबारेमा नसोच्ने हो भने फुटबलबाट म्याच फिक्सिङ गर्ने हरु जसरी अहिले आफ्नो अनुहार छोपेर कुनै कुनामा थन्किन विवश भएका छन । नेताहरुको लागि पनि त्यो दिन नआउला भन्न सकिन्न । आखि जनता कति दिनसम्म देशमा भइहरेको यो फिकिसङहेरेर बस्न सक्छनत र नेताज्यू हरु ?
धन्यबाद- See more at: http://www.lightnepal.com/57970/#sthash.CzJIC2Jo.wuXHLKiW.dpuf
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images