जोया र जिबन नेपालमा आफ्नो परिवार संग संगै भए पछि लेखे अत्यन्त मार्मिक स्टाटस,उनलाई यो दुखद घडीमा कहाँ कहाँ बाट कसले साथ दियो ?

5:36 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं ३० कार्तिक – जोया र दुई बच्चाहरु नेपालबाट फिलिपिन्स फर्काइए संगै जिवनको चर्चा,परिचर्चा मिडियाहरुमा हुन थाले पछि नेपालकी बुहारी जोया र दुई बच्चाहरुलाई नेपाल फर्काउनको लागि बिश्व भरि छरिएर रहेका नेपालीहरु द्वारा आर्थिक,नैतिक सहयोगको क्रम शुरु गरियो । अन्तत: जिवन,जोया सपरिवार नेपाल फर्किन सफल भएका छन् । यस खुशी संगै जिवन मगरले आफ्नो फेसबुक स्ट्याटस मार्फत सम्पूर्ण ज्ञाज-अज्ञात सहयोगीहरुलाई धन्यवाद र आभार प्रकट गरेका छन् ।

जिवनको फेसबुक स्ट्याटस जस्ताको तस्तै :-
३ महिनाको संघर्ष पछी हामी नेपाल आउन सफल भएका छौ , अहिले म र मेरो परिवार फेरी एक भएकोले हामी धेरै खुशी छौं । यो खुशीमा आर्थिक, नैतिक सहयोग गर्नु हुने संसार भर छरिएर रहनु हुने सम्पूर्ण नेपालीमा हार्दिक धन्यवाद र आभार व्यक्त गर्दछौं ।

सर्बप्रथम त जोया गइसकेपछि मलाई नराम्रो भनि जुन गालि र नराम्रो सोच थियो त्यसलाई हटाई सत्य सामू लिएर आउने डीके मिडियाका महेश दाइ र कामे मामालाई धन्यवाद ।त्यस पश्चात सत्य आइसके पछी संसार भर बाट हाम्रो पक्षमा आवाज उठाई दिनुहुने सबैलाई धन्यवाद , तपाई हरु पतिपय ले हाम्रो लागि धेरै आवाज उठाउनु भएको सायद हामीले नसुनेको हुन् सक्छ यसको लागि सरि भन्दै सबैलाई धन्यवाद ।

बिशेष गरि मगर संघले सत्यतथ्य छानबिन गर्दै गर्दा बिशेष कारण कामे मामा र म फिलिपिन्स उडेका थियौं , जसबाट हाम्रो बारे आवाज उठाउदै गरेका मगर संघ , बिदेशमा रहेका दिदीहरु शरिन तामांग, नेरुता तामांग, दाई रोहित कटुवाल सबैलाई अलि नराम्रो लाग्यो होला तर सबै काम अहिले राम्रै भैसकोले सबैलाई धन्यवाद भन्न चाहन्छु ।

जोयालाई नेपालको बुहारी घोषणा गर्दै जोया फिलिपिन्स नपुग्दै नानी हरु र मायाको सहयोगको लागि संसार भर सहयोग जुटाउने दाइहरु नबिन जंग , नवांग शेर्पा डीओन थापालाई धन्यवाद अनि अमेरिकामा रहनु हुने आङ कामी शेर्पा दाइलाई धन्यवाद दिने शब्दै छैन वहाले भगवानकै काम गर्नु भएको छ । नबिन र नवांग दाइले शुरु गरेको काम पुरा गर्नु भयो भने आङ कामी दाइले हाम्रो भबिस्यसमेत विचार गरिदिनु भएको छ ।

अन्य सगरमाथा टिभी, सबै मिडिया कर्मी ज्युहरु , शुभचिन्तकहरु , पन्च दाइ, अफगानिस्तानबाट ठुलो सहयोग गर्ने दाईहरु ग्रिन भिलेज बाट र अमेरिकन दुतावासबाट , नरेन्द्र थापा र वहाँका साथीहरु , साउदीबाट लाल प्रसाद दाई , कतारमा धिमाल दाई , हंगकंगबाट पी शेर्पा लामा दाई , कोरिया बाट प्रेम सुब्बा अंकल , बेल्जियममा भेना र वहाका साथीहरु , पेरिसमा युवराज दाई , साउदीबाट पेम्बा छिरिंग जी , मलेसियामा माझि दाई र महाबिर जी लगायत सबै सबै आर्थिक सहयोग , मानसिक सहयोग ,सल्लाह सुझाव, आत्मबल दिनु हुने सबैलाई हार्दिक हार्दिक धन्यवाद ।

यहाँ नाम सबै लेख्न सम्भव नभए पनि हजुरहरुको सहयोग भगवानले देख्नेछ हामीले देख्न नसकेको भए पनि ! तपाईहरुको गुनको बदला तिर्न नसके पनि भबिस्यमा असल काम गर्दै समाज सेवामा लाग्ने बाचा गर्दछौं । अन्तमा जोयालाई नेपाल एयरपोर्टमा छिर्न ठुलो भूमिका खेल्ने पेमा निमा दाइ र वहाको टिमलाई हार्दिक धन्यवाद ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images