12:34 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ । मलेसियामा मङ्गलबार सम्पन्न एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता टोली आज राति स्वदेश फर्किएको छ । नेपाली टोलीलाई अन्तर्राष्ट्रिय विमानस्थलमा खेलकुद मन्त्री दलजित श्रीपाईली, राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट तथा अखिल नेपाल फुटबल सङ्घ(एन्फा) पदाधिकारीले स्वागत गर्नुभयो ।



स्वदेश फर्किएलगत्तै नेपाली टोलीलाई एन्फाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ¥याली सहित गौशाला–बत्तिसपुतली– मैतीदेवी–पुतलीसडक–घन्टाघर–सहिद ढोका –नयाँ सडक– दरबारमार्ग–त्रिपुरेश्वर–थापाथली–कुपन्डोल–पुल्चोक–मङ्गलबजार–ग्वार्को हुँदै एन्फा कम्प्लेक्स लगेको छ ।

विजेता टोलीलाई सरकारले जनही रु तीन तीन लाख दिने निर्णय मङ्गलबार नै गरेको छ । प्रतियोगिता अन्तर्गत नेपालले सेमिफाइनलमा लाओसलाई पेनाल्टी सुटआउटमा ३–० गोलअन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो । फाइनलमा भने मकाउलाई १–० को गोलअन्तरले हराउँदै उपाधि जितेको हो ।

यससँगै नेपालले एक वर्षमा लगातार तीन उपाधि जितेको छ । गत वर्ष माघमा बङ्गलादेशमा भएको बङ्गबन्धु गोल्डकप जितेको नेपाल त्यसको एक महिनापछि भारतमा सम्पन्न दक्षिण एसियाली खेलकुद (साग)मा पनि विजेता बन्यो । ती दुवै प्रतियोगिता विश्व फुटबल महासङ्घ (फिफा)ले मान्यता दिएको सिनियर स्तरको फुटबल थिएन । बङ्गबन्धु कपको फाइनलमा नेपालले बहराइनको २३ वर्षमुनि (यु–२३) को टोलीलाई हराएको थियो । रासस





भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images