­
­

म्याच फिक्सिङमा संलग्नलाई पक्राउ गरेसँगै नेपाली फुटबलले रच्यो इतिहास,सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित

11:31 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं,१ मंसिर–महानगरीय अपराध महाशाखाका एसएसपी सर्वेन्द्र खनाल उत्कृष्ट अपराध अनुसन्धान पुरस्कारबाट सम्मानित भएका छन्। ११ औं महानगरीय प्रहरी दिवसको अवसरमा उनलाई प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले एक समारोहका वीच सम्मान गरे। डेढ वर्षदेखि अपराध महाशाखाको प्रमुखमा रहेका खनालले म्याच फिक्सिङ, पेट्रोल पम्पहरुमा हुने गरेको ठगी, बडिखेल हत्याका अभियुक्तलाई पक्राउ गरेका थिए।



गुन्डानाइके कुमार घैंटेको इन्काउन्टर गरेका खनालले कसन्ल्ट्यान्सीहरुमा समेत छापा मारेका थिए। पछिल्लो समय उनले वैदेशिक रोजगारीमा जानेहरुको समस्या सुन्न नयाँ पिल्लर नै गठन गरेका छन् । त्यस्तै काठमाडौं प्रहरी परिसरका एसएसपी विक्रमसिंह थापा उत्कृष्ट कार्यबाट सम्मानित भएका छन्। एसएसपी सरद चन्द प्रहरी कार्यबाट सम्मानित भएका छन् भने डिएसपी सन्तोषसिंह राठौंर, मनोहरी थापा, हवल्दार चेतबहादुर चौलागाई र प्रहरी जवान सन्तोष सापकोटा पनि सम्मानित भएका छन्।
भिडियो सहित हेर्नुहोस !
Advertisement

← Previous Story

Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images