चार दिन अघि मात्रै श्रीमान बितेको अन्तिम दाहसंस्कार गर्न नपाउँदै छोरीको शब् इराक बाट आएपछि ..
7:18 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
जसो तसो शब आइपुग्यो । यहाँ आइपसकेपछि जसरी पनि लैजान सकिन्छ नी ।’ उनीहरुले बिमानस्थलमै डिउटीमा बसेका प्रहरीलाई सहयोग मागे । प्रहरीले शब लैजाने एम्बुलेन्सको नम्बर थिए । त्यस एम्बुलेन्सले १३ हजार रुपैया भाडा लाग्ने बतायो । कल्पनासँग पैसा थिएन । यमबहादुर आफैले रकम जुटाए । १२ बजे आइपुगेको शब बिमानस्थलबाट निकाल्दा ३: १० भएको थियो । शबको साथमा कल्पना, उनकी देउरानी, ज्वाई पोखरातिर लागे । घरकी एकमात्रै साहरा अन्जना थिइन् । इराक जानु अघि अन्जनाले कुबेतमा चार बर्ष हाउसमेडको काम गरेकी थिइन् । कुबेतबाट नेपाल फर्केपछि त्रिभूवन विमानस्थलबाटै इराक उडेकी थिइन् । ‘बाउ र छोराको भर थिएन । उसकै भरमा घर चलेको थियो,’ उनले भनिन्,‘त्यसैले पनि संसार छोडेर गई ।’ कल्पना अन्जनाले आत्महत्या गरेको स्वीकार गर्दिनन् । ‘होटलमा काम गर्थी । सबै राम्रो थियो । कहिले दुखको कुरा सुन्नु परेको थिएन’, भनिन,‘मेरो छोरीलाई मारेको हुनुपर्छ ।’ छोरीको शब आफैले ल्याउन नसक्ने अबस्था भएपछि उतै गाडिन्छ भन्ने उनलाई लागेको थियो । ‘ल्याइदिने कसैले बचन दिएको थिएन । मैले केही गर्न सकेको थिइनँ’, भनिन्,‘छोरीको अन्तिम अनुहार हेर्न पाइन्छ भन्ने आश गरेको थिइनँ । भगवानले छोरीलाई देख्ने इच्छा पुरा गरिदियो ।’ इराकमा नेपाली दुताबास छैन । सरकारले प्रतिबन्ध लगाएको देश भने पनि २५ हजार नेपाली पुगिसके । त्यसमा ८० प्रतिशत त महिला नै छन् । पाकिस्तानस्थित नेपाली दुताबासबाटै इराक मामिला हेर्दै आएको छ । शब पठाउनका लागि पनि गैरआबासीय नेपाली संघबाट दुताबास र इराकी निकायबीच समुन्वय भयो । अन्जनाको शब अर्बिलस्थित अस्पतालमा थियो ।
अस्पतालमा शब राखे बापत दैनिक १२ डलर शुल्क लिन्थ्यो । शवको विषय अस्पतालको प्रशासनमा एनआरएनबाटै चासो राख्दै आएपछि अस्पतालले पनि छिटो शब लैजाना दवाव दिदै आएको थियो । एनआरएनका अध्यक्ष खेमप्रसाद पौडेल र पूर्वअध्यक्ष लालकाजी गुरुङ एउटा कम्पनीका म्यानेजर पदमा कार्यरत छन् । शब पठाउन उनीहरुकै सक्रियतामा काम अगाडि बढ्यो । आबश्यक कागजात बनाउन इराकको स्वास्थ्य र कानुन मन्त्रालय धाउन थाले । प्रहरीले आत्महत्या गरेको प्रमाणीत कागजात नै दिएपछि शब पठाउने प्रक्रिया अगाडि बढेको थियो । दुताबासले शब पठाउन चाहिने पत्र पठाइदियो । ‘शव पठाउन चार हजार डलरसम्म खर्च लाग्थ्यो । हामीले अन्जनाको परिवारबाट यो खर्च ब्यहोर्न नसक्ने भएको जानकारी पाएपछि कार्गोले छुट दियो । अस्पतालले सबै शुल्क मिनाहा गरिदियो,’ पौडेलले भने,‘इराकमै भएका नेपाली समुदाय तथा संस्थाबाट आर्थिक संकलन भयो । ३२ सय डलर खर्च गरी अन्जनाको शब पठाउन सफल भयौं ।’ इराकबाट सिधा उडान नेपाल छैन् ।
उनको शब बुधबार बिहान ५ बज#2375; नेपाल पठाइएको थियो । ढिलै भएपनि शब इराकबाट इरान-ओमन-लखनउ हुँदै काठमाडौं आइपुग्यो । ‘शवलाई पोखराको बिरौटामा पुर्याउनुछ,’ शब एम्बुलेन्समा हालेपछि कल्पना भन्दै थिई, ‘अस्ती बाऊलाई जलाउनुपर्यो । भरे छोरीलाई जलाउनुपर्छ । बाऊ-छोरीको सँगै किरिया गर्नुपर्ने कर्म लिएर आएकी रैछु ।’ रातो सलले आँखामा बगेको आँशु पुछ्दै कल्पना एम्बुलेन्सभित्र राखिएको बाकसको छेउमा गएर बसिन् । कल्पनाको मनभित्र उम्लिरहेको पीडालाई मलम लगाउने औषधी सरकारसँगै कतै थिएन । किनकि सरकारको नजरमा अन्जना गैरकागजात बिहिन कामदार हुन् । जो अबैध भएर इराक जानुको परिणाम भने कल्पनाले भोगिरहेकी छिन् । - कान्तुपुरबाट
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments