News भर्खरै ५.९ रिक्टर स्केलको शक्तिशाली भूकम्पको ठुलो धक्का , क्षतिको विवरण आउन बाँकी ....

12:49 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
इटाली, ११ कात्तिक । इटालीको मकेराटा क्षेत्रमा पर्ने मार्केमा बुधबार साँझ यस बर्षको दोस्रोे ठूलो भूकम्प गएको छ ।

स्थानीय समय अनुसार राती ९.१८ बजे ५.९ रिक्टर स्केलको भूकम्प गएको इटालीको र भूकम्प तथा ज्वालामुखी विभागले जनाएको छ ।

उमब्रिया क्षेत्रको राजधानी पेरुग्य र मकेराटाकोवीचमा पर्ने भालनेरिना उपत्यकालाई केन्द्रविन्दु बनाएर करिब नौ किलोमिटर गहिराईबाट भूकम्प गएको विभागले जनाएको छ ।भूकम्पका कारण स्थानीय बासिन्दा त्रसित भएका छन् । जहाँ दुई महिना अगाडी पनि निकै शक्तिशाली भूकम्प गएको थियो ।सो ठाउमा भूकम्पका कारण केही घरहरु भत्किएका छन् भने एक जना घाईते भएका बताइएको छ । घटनामा परेर कसैको निधन भएको खवर अहिले सम्म नआएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भूकम्पको पराकम्पन आउन सक्ने त्रासले घर छाडेकाहरुलाई बस्नका लागि टहराहरु बनाइएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै सरकारी संचार माध्यमहरुले जनाएका छन् ।दुवै भूकम्प मार्के क्षेत्र सहित पेरुग्य र एन्कोलका सहरहरुमा र राजधानी रोममा समेत महशुष गरिएको थियो । राजधानी रोम भूकम्पको केन्द्रविन्दु रहेको ठाउदेखि झण्डै २३० किलोमिटर टाढा पर्दछ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images