प्रचण्डको विदा दिने निर्णयको विरोधमा उत्रिए माओवादी बरिष्ठ नेता नारायणकाजी श्रेष्ठ................

8:56 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १२ कात्तिक । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले भारत र चीनका राष्ट्रपतिको भ्रमणमा सार्वजनिक विदा दिने सरकारको निर्णयलाई अनुपयुक्त र अस्वभाविक भनेका छन् ।


आफ्नै पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहेको सरकारको आलोचना गर्दै नेता श्रेष्ठले चीनका राष्ट्रपतिको भ्रमण निश्चित नहुँदै विदा दिने निर्णय गर्नु अनुपयुक्त भएको बताए ।
‘सरकारले भारत र चीनको राष्ट्रपतिको नेपाल भ्रमणको आगमनको दिनलाई राष्ट्रिय बिदा घोषणा गरेछ । यो नीतिगत घोषणा देखिन्छ । किनकी भारतको राष्ट्रपतिको नेपाल आउने कार्यक्रम तय भईसकेको भए पनि चीनको राष्ट्रपतिको भ्रमण निश्चित नै भएको छैन् । त्यसैले यो निर्णय अनुपयुक्त मात्र होइन, अस्वाभाविक समेत छ,’ उनले सामाजिक सञ्जाल फेसबुकमार्फत शुक्रबार भनेका छन्– ‘बरु अनावश्यक नै भएपनि भारतको राष्ट्रपतिको भ्रमण निश्चित भइसकेकाले यतिबेला भारतको राष्ट्रपतिको सन्दर्भमा मात्र यो निर्णय गरिएको भए यो हदको आलोचना हुँदैनथियो होला ।’
विहीबार प्रचण्डको अध्यक्षतमा बसेको मन्त्रिपरिषद बैठकले कात्तिक १७ गते भारतका राष्ट्रपति आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयको चौतर्फी विरोध भइरहेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images