भारत-पाकिस्तान सीमा क्षेत्रमा फेरि तनाब, गोली चल्दा दुबै पक्षका ९ जना मारिए हेर्नुहोस यो ताजा बुलेटिन समाचार...
6:44 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
सीमा क्षेत्रको नियन्त्रण रेखामा भारतीय सुरक्षाकर्मीले हानेको गोली लागेर आफ्ना ६ नागरिक मारिएको आरोप पाकिस्तानले लगाएको छ।पाकिस्तानको विदेश मन्त्रालयले विज्ञप्ति निकालेर गत बिहीबार शकरगढ सेक्टर र नियन्त्रण रेखाको एक अर्को क्षेत्रमा भएको गोली हानाहानमा दुई महिलासहित आफ्ना ६ नागरिक मारिएको जनाएको हो। घटनामा २२ जना घाइते भएका छन्।
भारतले भने घटनामा आफ्ना दुई सैनिक र एक बालक मारिएको जनाएको छ। भारतीय पक्षका १२ जना घाइते भएका छन्। भारतीय पक्षबाट कारण बिना नै गोली चलाएको आरोप पाकिस्तानको छ। सन् २००३ को युद्धविरामको पालना गरेर नियन्त्रण रेखा तथा सीमामा शान्ति कायम राख्नका लागि भारतसँग पाकिस्तानले आग्रह गरेको छ।

भारत र पाकिस्तान दुवै देशले नियन्त्रण रेखामा बिना उक्साहट गोली चलाएको आरोप एक अर्कामाथि लगाउँदै आएका छन्। दुई देशबीचको तनावका कारण जम्मु–काश्मिर क्षेत्रका बासिन्दा त्रासमा बाँच्न बाध्य छन्।सीमा क्षेत्रका धेरै गाउँका बासिन्दा विस्थापित भएका छन्।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments