केपी ओलीको प्रश्नः जनताले फ्याँके, अब भारतबाट जोगीले राजतन्त्र फर्काउँछ ?

8:30 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं १५ कार्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने खेल भइरहेको बताएका छन् ।


रिपोर्टर्स क्लब नेपालको नेतृत्वमा गएको पत्रकारहरुको देउसी–भैलो टोलीसँग कुराकानी गर्दै अध्यक्ष ओलीले अहिले नेपालको गौरवपूर्ण ईतिहासलाई प्रतिगामी बनाउने प्रयास भैरहेको बताउँदै भने,‘मान्छेहरु आज विजुलीको जमानामा विजुली बाल्न छोडेर, हाम्रो संस्कार त्यो हो भन्दै टुकी नै बाल्न खोजिरहेका छन्।’ उनले भने,‘पूराना कुराहरु जसलाई हामीले हटाई विस्थापित गर्नुपर्छ र विकासतर्फ हामी जानुपर्छ, त्यसलाई अस्वीकार गर्ने खालका प्रवृत्तिहरु अहिले देखा परेका छन्।’उनले भोलिका दिनमा कसैले संशोधनको विषयमा परामर्श गरे एमाले छलफल गर्न तयार रहेको बताए। यद्यपि उनले उपयुक्त विषयमा संविधान संशोधन हुने कुरामा आफ्नो दल निकै सचेत रहेको स्पष्ट पारे। ओलीले भने,‘देश र जनताको हित हुने कुरामा मात्रै संविधान संशोधन हुन्छ भन्ने कुरामा एमाले प्रष्ट, तर हचुवाको भरमा संविधान संशोधन हुन सक्दैन।’ उनले अहिले संविधान संशोधन भन्दा पनि कार्यान्वयन प्रधान कुरा भएको जिकिर गरे। पछिल्लो समय नेपालमा जे गरेपनि नमान्ने चलन हावी भएको अध्यक्ष ओलीको गुनासो थियो। उनले भने,‘यो गर्दा पनि नमान्ने, त्यो गर्दापनि नमान्ने प्रवृत्ति देखा परेको छ ।’ ओलीले भने,‘यहाँ अहिले यस्तो चलन चलेको छ कि, एउटा खुर्सानी हाल्यो भने मात्रै खान्छु भन्छ, अर्को खुर्सानी नझिके खान्न भन्छ, यस्तो देखियो पोहोर साल, दुईवटैको दृढ अडान।’ ‘अल्झ्याउने कुरा मात्रै हो, अल्झ्याउने कुरा हुँदैन, तर नअल्झ्याउनेका नाउँमा, कुलो लगाउने नाममा खोलो फर्काएर खेतै बगाउने काम चाहीँ स्विकार्य छैन,’ उनले भने।
ओलीले पछिल्लो समय नेपालको संस्कृतिमाथि हमला भएको भन्दै चिन्ता व्यक्त गरे । उनले अघि थपे,‘हामी तिव्र परिवर्तनको क्रममा छौं, तर भैरहेको कस्तो छ, पिच बनाएपछि गाडी जति किलोमिटरको गतिमा कुद्छ, आज हामी ग्राबेल नै नगरी त्यतिकै गतिमा कुदाउँदैछौं। भोलि त्यति स्पिडमा दौडिन सक्थ्यो तर आजै यस्तो प्रयास भैरहेको छ।’पूर्वराजा ज्ञानेन्द्र शाहतर्फ इंकित गर्दै अध्यक्ष ओलीले धर्म संस्कृतिलाई राजनीतिक उद्देश्यका निम्ति प्रयोग गर्ने प्रयास भैरहेको आरोप लगाए। ओलीले भने,‘हामीले केही दिन अगाडि मात्रै वनकालीमा देख्यौं, ज्ञानेन्द्र शाहलाई महाराजधिराज भन्दै प्रमुख अतिथिको रुपमा बोलाइयो, विचरा जोगीहरु कुन जमानामा रहेछन्, आठ वर्ष अगाडि राजतन्त्र फालियो, यतिवेला राजा छँदैछन भन्ठानेर महाराजाका महाराजाधिराज भन्छन्।’ ओलीले भने,‘आउट डेटेड, उनीहरुले महाराजाधिराज, फेरि राजतन्त्र फर्किनुपर्यो, फेरि आशनमा फर्किनुपर्यो हामी साथमा छौं भनेर उल्क्याउने काम गरिरहेका छन्। जनताले फ्याँके, भारतबाट जोगीहरु आएर राजतन्त्र राख्ने….?’
पूर्वराजा ज्ञानेन्द्रको पछिल्लो अभिव्यक्तिप्रति निकै आक्रमक रुपमा प्रस्तुत भएका अध्यक्ष ओलीले भने,‘अरु हिसाबले पार लागेन अब जोगीका रुपमा गेरु बस्त्र, रातो बस्त्र, पहेंलो बस्त्र, राम–नाम, खडो चन्दन, खरानी धसेको, लामो दाह्री पालेको, जटा अलिकति समय बनाएका, त्यसलाई दुरुपयोग गरेर, अब जटाधारी वा वस्त्रका आवरणमा नेपालको राजनीतिलाई प्रतिगमनतर्फ फर्काउने प्रयास भैरहेको छ, साँस्कृतिक हमलाको रुपमा हामीले देख्यौं।’
ओलीले सत्तापक्ष र मधेसी मोर्चाबीच संविधान संशोधनबारे सहमति भयो भन्ने कुरा बाहिर आएपनि आफ्नो पार्टीसँग यसबारेमा अहिलेसम्म कुनै छलफल तथा परामर्श नै नभएको दाबी गरे। ओलीले भने,‘अरु को–को सँग के–के भए, तर एमालेसँग संविधान संशोधनबारे कुनै छलफल अहिलेसम्म भएको छैन।’ प्रचण्ड नेतृत्वको वर्तमान सरकारप्रति व्यंग्य गर्दै उनले भने,‘हुन त अहिले ठूला गणतन्त्रवादीहरुको सरकार भएको जस्तो लाग्छ, अस्ति संसदमा बोल्दा त्यस्तै सुनेको थिएँ, तर त्यसमा सरकारको कुनै प्रतिक्रिया देखिएन्।’ ओलीले संविधान संशोधन कसैको दबाब र कुनै प्रयासका कारण देशलाई नै अहित हुने खालको संविधान संशोधन हुनै नसक्ने जिकिर गरे। मुलुक अब कसैको प्रयोगको थलो हुन नसक्ने ओलीको भनाई थियो।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images