रहस्यमय मृत्यु भएका बाबुको किरियामा नाबालक छोरी !!!!!
6:55 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
यो दृश्य धादिङको कुम्पुरे पिपलटारस्थित दलित बस्तीको हो । स्थानीय लालबहादुर बयलकोटीको रहस्यमयी हत्या भएपछि विद्यालय जाँदै गरेका दुई बालिका अहिले बाबुको किरियामा बसेका छन्।कुम्पुरकै महाकाली माद्यामिक विद्यायलमा कक्षा ९ मा पढ्ने पवित्रा बयलकोटी र कक्षा ७ पढ्ने रथी बयलकोटी आमा लालश्री बयलकोटीको साथमा बाबुको किरिया गरिरहेका छन्।
श्रीमानको निधनको पीडामा रहेकी लालश्रीलाई साना छोरीलाई किरियामा राख्नुपर्दा थप पीडा भएको छ । लालबहादुरका छोरा नभएकाले दुई छोरी बाबुको किरियामा बसेका छन् । लालबहादुरका ६ छोरमध्ये दुईटीले मात्र सेतो लुगा लगाएका छन् । अन्य छोरीहरु ६, ४ वर्षका सँगै १ वर्षकी दुई छोरी जुम्ल्याहा छन् । यी नाबालकलाई आमा र दिदीहरुले किन सेतो लुगा लगाएका हुन् भन्ने बुझ्न पनि सक्दैनन् ।
सानासाना छोरी बुवाको किरियाको लागि कष्टका साथ बसेको देख्दा त्यहा पुग्ने जोसुकै भक्कानिने गरेका छन् । लालबहादुरको निधनपछि ६ छोरीको पालनपोषण गर्ने जिम्मा लालश्रीको काँधमा आइलागेपछी उनी चिन्तित छिन् । उनले भावुक हुँदै भनिन्, ‘घरको कमाउने मान्छेलाई कुन पापीको आँखा लाग्यो, अब म एक्ली महिलाले कसरी हुँर्काऊ यी कलिला नानीहरुलाई ।’दलित परिवारमा रोग, भोक, र अभावकाबीच जन्मेका यी अवोध कलिला नानीको उचित लालन पालन गर्न र शिक्षादीक्षा दिनसक्ने कुनै अभिभावक छैनन्। उल्टै घरमा ६० बर्षीया वृद्धा हजुरआमा छिन् ।
लालबहादुरको मृत्यु रहस्य
कात्तिक १ गते साँझ ७ बजे घरबाट बाहिरिएका लालबहादुर २ गते बिहान सुनौलाबजार गाउँ विकास समितिको सुकौराखोलामा झुण्डिएको अवस्थामा फेला परेका थिए । दसैंमा बनाइएको पिङमा झुण्डिएको भनेर प्रहरीलाई खवर गरिए पनि उनको खुट्टाले भुइ छोइएको प्रस्टै देखिएको स्थानीयले बताएका छन् ।घटनापछि जिल्ला प्रहरी कार्यलय धादिङबाट खटिएको टोलीले घटनास्थलको मुचुल्का गरि शव पोष्टमार्टमको लागि धादिङवेशी ल्याएका थिए । झुण्डिएको भनिएको स्थान रहस्यमय र शंकास्पद देखिएपछि प्रहरीले हत्या आशंकामा ५ जनालाइ नियन्त्रणमा लिइ अनुसन्धान गरिरहेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments