भारतीय राष्ट्रपतिको भ्रमणमा यसरी हुँदैछ विरोध प्रदर्शन, कसले गर्यो हिम्मत ? नारा लाग्यो– ‘मुखर्जीको सम्मान, देशको अपमान’

8:35 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १५ कार्तिक । विप्लव निकटको नेपाल कम्यूनिष्ट पार्टी माओवादीले आज भारतीय राष्ट«पति प्रवण मुखर्जीको आसन्न नेपाल भ्रमणमा सरकारको राष्ट्रिय बिदा दिने निर्णय विरुद्ध विरोध र्‍याली निकाल्ने जनाएको छ ।


माओवादीको सवस मोर्चाले उक्त विरोध र्‍याली निकाल्न लागेको बताइएको छ ।
विप्लव माओवादीको काठमाडौं उपत्यका इन्चार्ज सन्तोष बुढा मगरले खबरडबलीसँग भने–‘सरकारको राष्ट«हित विपरित, राजनीतिक ददालिकरण र लम्पसारवाद विरूद्द आज विरोध प्रर्दशन गर्ने र खबरदारी गर्ने कार्यक्रम आयोजना गरिएको छ । हामी मुलुकको हितलार्इ पाखालगाएर कसैलार्इ सुदाबाजी गर्न दिदैनौ । त्यसैको विरोध हो आजको कार्यक्रम ।’

उनले खबरडबलीसँगको कुराकानीमा विरोध र्‍यालीको कार्यक्रम माइतिघरबाट सुरू हुने र बबरमहल हुदैँ सिहदरबारको पश्चिम गेटमा पुगेर राज्यको गलत निर्णय विरूद्द आवाज पुगाउने जनाएका छन ।

उक्त कार्यक्रममा पाटी निकट सुकुम्बासी मोर्चाका अध्यक्ष ओम पुन, मजदुरका,विद्मार्थी, युवा लगाएतका जनवर्गिय संगठनका नेताहरूले कोण सभालाइ सम्बोधन गर्ने छन ।
कार्रयक्रम केहिबेरमै सुरू हुन लागेको उनले जनाएका छन । दैनिक नेपाल बाट
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images