प्रचण्ड सरकारलाई चीनबाट बाबुरामको प्रश्नः देशलाई कंगाल पारेर पाहुनाको सत्कार किन ?

7:06 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं ११ कार्तिक । चीन भ्रमणमा रहेका नयाँ शक्ति नेपालका संयोजक एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भारतीय राष्ट्रपतिको नेपाल भ्रमणका दिन दिइएको सार्वजनिक विदाको विरोध गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमार्फत् भट्टराईले बिहीबार मन्त्रिपरिषद्ले गरेको निर्णयको विरोध गरेका हुन् । उनले पाहुनाको सत्कार गर्नुपर्ने तर विदा गरेर, काम छोडेर र देशलाई अरुकंगाल बनाएर बिदा दिनु नहुने तर्क गरेका हुन् ।

उनले भिक्षापात्र थापेर मित्र खुशी नहुने बताउदै निर्णय गर्नुअघि सोच्नुपर्ने समेत बताएका छन् । बाबुराम ट्वीट गर्छन्, ‘विदेशी पाहुनाको सत्कार हुनुपर्छ तर विदा गरेर, काम छोडेर, देशलाई अरुकंगाल पारेर, भिक्षापात्र थापेर हाम्रा सच्चामित्रहरु खुशी हुनुहोला र ? सोचौं है !’विदेशीपाहुनाको सत्कार हुनुपर्छ!तर विदा गरेर/काम छोडेर/देशलाई अरूकंगाल पारेर/भिक्षापात्र थापेर हाम्रा सच्चामित्रहरू खुशी हुनुहोला र?सोचौं है!

बिहीबारको मन्त्रिपरिषद् बैठकले चीन र भारतका राष्ट्रपति नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो । बैठकले चिनियाँ राष्ट्रपति सी जिन पिङ र भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपाल भ्रमणमा आउने दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images