मृत्युदण्डको सजाय सुनाइएका दार्चुलाका अमरलाई आममाफी दिन युएई सरकारलाई प्रधानमन्त्री प्रचण्डको आग्रह.............
8:51 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफी दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले युएई सरकारसँग आग्रह गरेका छन्।
विहीबार नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीसँग भएको भेटमा प्रधानमन्त्री प्रचण्डले सो आग्रह गरेका हुन्। भेटमा राजदूत नक्वीले त्यसबारे आफू युएई फर्केर सरकारसँग छलफल गर्ने बताए।
नेपाल युएईको पुरानो मित्र भएको भन्दै उनले दुई देशको सम्बन्ध तथा प्रधानमन्त्रीको चासो सम्बोधनका लागि हरसम्भव प्रयत्नशील रहने सकेत बताए। सिंहदरबारमा भएको भेटमा राजदूत नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वर्ल्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री प्रचण्डलाई निम्तोसमेत दिएका छन्।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments