३ करोड जनताको मन छुने गरी गगन थापाले गरेको यो निर्णय सरकारी अस्पतालद्वारा कार्यान्वयनमा आयो
8:43 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
अस्पतालले हाललाई ४०० प्रकारका औषधि राखेर सेवा सुरु गरेको छ । आवश्यकताअनुसार औषधि थप्दै जाने मरासिनीले बताए ।अस्पतालले बाहिरका मेडिकलमा भन्दा सस्तो दरमा बिरामीलाई औषधि उपलब्ध गराउने जनाएको छ । “हामी छिट्टै अन्य प्रकारका औषधि पनि ल्याएर जनतालाई सर्वसुलभ तरिकाले उपलब्ध गराउँछौँ” अस्पतालका मेसु डा मरासिनीले भने, “सबै चुनौतीलाई पन्छाएर फार्मेसी सञ्चालनमा ल्याएका हौँ ।”
सरकारले छ महिनाभित्रमा देशभरका हरेक सरकारी अस्पतालले आफैँले फार्मेसी सञ्चालन गर्न निर्देशन दिइसकेको छ । चितवनको भरतपुर अस्पतालले गएको एक वर्षमा विभिन्न क्षेत्रमा सेवा थपेर क्षमता विकास गर्दै आएको छ ।आइसियु, पोस्ट अपरेटिभ वाड शल्यक्रिया कक्षलाई आधुनिक प्रविधिसहित क्षमता थपेर अस्पतालले सेवा दिन थालेको यसअघिका अस्पतालका अध्यक्ष विजय सुवेदीले जानकारी दिए।अस्पतालमा १० वटा ठूला भवन निर्माण भएपछि क्षमता विस्तार गरिएको हो । अस्पतालले शवगृह निर्माण गरेर समेत विगतको सास्तीलाई कम गरेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments