देश एमालेमय बन्दै ,,,,माओवादी लाइ लग्यो ठुलो झड्का : माओवादी केन्द्रका केन्द्रीय सदस्य कोइराला एमालेमा प्रवेश,सँगै सयौं कार्यकर्ता पनि ल्याए

8:36 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
सुनसरी, १० कात्तिक । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राम कोइराला नेकपा एमालेमा प्रवेश गरेका छन् । मंगलबार एमाले मधेशा गाँउ कमिटीद्धारा आयोजित प्रशिक्षण कार्यक्रममा विद्यार्थी नेता समेत रहेका कोइरालालाई नेकपा एमालेका केन्द्रीय सदस्य एवं सुनसरी इन्चार्ज धर्मराज निरौलाले स्वागत गरे ।

नेकपा एमाले निकट अनेरास्ववियुको सुनसरी जिल्ला अध्यक्ष, सुनसरी बहुमुखी क्याम्पसका प्रथम स्ववियु सभापति समेत रहिसकेका कोइराला २०६४ सालको पहिलो संविधानसभा निर्वाचनदेखि प्रचण्ड नेतृत्वको माओवादीमा प्रवेश गरेका थिए ।

एमाले प्रवेशपछि प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले माओवादी वैचारिक रुपमा विचलित हुँदै गएको, पार्टीका नेता कार्यकर्ताहरुमा युद्धकालीन शैली–धङधङी बाँकी रहेको र पार्टीमा शुन्य विचार भएका मानिसहरु मात्र बाँकी रहेकाले सो पार्टी परित्याग गरेको बताए ।

नेकपा एमालेका केन्द्रीय सदस्य धर्मराज निरौलाले कोइरालालाई एकदुई दिनभित्रै पार्टीमा उचित जिम्मेवारी दिने तयारी भएको जानकारी दिए । उनले कोइरालासंगै माओवादी पार्टी परित्याग गरि सयौं केन्द्रीय नेता तथा जिल्लातहका कार्यकर्ताहरु एमाले आउन आतुर रहेको भन्दै छिट्टै औपचारिक कार्यक्रम गरी स्वागत गरिने बताए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images