नेपाल–भारत बैठकमा गण्डक सम्झौताको विषय उठाइने, के नेपालले आफ्नो अधिकार पाउला ?
7:19 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
उहाँले भारतमा हुन लागेको आयोगको बैठकमा जानुअघि मङ्गलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गण्डक सम्झौता अनुसार नेपालले पाउनुपर्ने सिँचाइ सुविधा नपाएको विषय तथा हुलाकी सडक निर्माणको पूर्णतालगायतका विषय राख्ने बताउनुभएको हो ।
दुई देशका मन्त्रीहरूले नेतृत्व गर्ने आयोगको मन्त्रीस्तरीय बैठक बिहीबार नयाँ दिल्लीमा हुँदैछ । बैठकको पहिलो दिन ९बुधबार० परराष्ट्र सचिवस्तरीय वार्ता हुनेछ ।
बैठकमा सहभागिताका लागि परराष्ट्र सचिव शङ्करदास बैरागी दिल्ली पुगिसक्नुभएको छ । डा. महत बिहीबार बिहान त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम छ ।
दुई देशबीचको सम्बन्धबारे निरन्तर छलफल संवाद गर्दै समृद्ध पार्ने उद्देश्यले स्थापित आयोगको करिब दुई दशकसम्म बैठक हुन सकेको थिएन । दुई वर्षअगाडि नेपालमा आयोगको बैठक गरेर २३ वर्षदेखि रोकिएको बैठक सुरु भएको थियो । आयोगमा दुई देशबीचको सम्बन्धमा देखा पर्ने सबै प्रकारका अप्ठ्याराबारे छलफल हुने गर्छ । बैठकमा दुई देशका गृह, वाणिज्य, ऊर्जा, परराष्ट्र, पर्यटन लगायतका मन्त्रालयका प्रतिनिधिहरूको समेत सहभागिता हुने गर्छ ।
परराष्ट्रमन्त्री महतले यो पटकको बैठकमा सडक सञ्जाल विस्तार, विगतमा भएका सहमति अनुसारका कामहरू भए नभएको र नभएको भने बाधा उत्पन्न किन भयो भन्ने जस्ता विषयमा कुरा राख्ने जानकारी दिनुभएको छ । अघिल्लो महिना भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्रमणका क्रममा विवादित विषयलाई आयोगमा छलफल गरेर टुङ्गो लगाउने सहमति भएको थियो । आजको गोरखापत्र दैनिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments