लक्ष्मी पूजाको अवसरमा राख्नु यी चिजहरु हुनेछ, वर्षभरि धनको लाभ.......

12:28 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
कार्तिक १४, आनन्द अमृत, काठमाडौं । लक्ष्मी पूजा तथा अर्थात दिपावलीको पूजा त हामी सबैले गरिनै रहेका छा्रै, पत्येक वर्ष । तर पूजा गर्नेका लागि केही कुराको जानकारी दिनु जरुरी मानिन्छ । यी चिजहरुको ध्यान राखियो भने कहिल्यै हुँदैन धनको कमी ।
वास्तवमा वास्तुशास्त्र अनुसार मूलढोकालाई महत्वपूर्ण मानिन्छ । यसै कारणले दिपावलीमा मूल ढोकालाई सर–सफाइ तथा सजावटलगायत दिप बाल्ने प्रचलन छ । त्यसैले यसको सजावटमा ध्यान राख्दै मूलढोकामा राख्नु यी चिजहरु, जसले गर्दा माता लक्ष्मी कृपा प्राप्त हुनेछ ।
१. दिपावलीको दिन राम्रो कलशमा शुद्ध जल भरेर कलशलाई सजायर कलशलाई मूल ढोकाको पूर्व दिशा वा उत्तर दिशमा राख्दा घरको मूल मान्छेलाई लाभदायक हुन्छ ।
२. दिपावलीको समय घर वा पसलको मूलढोकामा पूर्ण रुपले सजिएको तोरन जसमा पिपल, आप, अशोकको पात राखेर बनाउँदा लाभदायक हुन्छ । यसले गर्दा घरभित्र भएका नकारात्मक ऊर्जा नष्ट बनाउँछ ।
३. दिपावलीको दिन घर वा व्यवसायिक संस्थाको मूल ढोकामा चाँदीको स्वातिक बनाउनु पूर्ण फलदायक मानिन्छ । वास्तुका अनुसार यो गर्दा घरमा कुनै प्रकारको दुःख विरामी हुनेछैन । यदि यो गर्न नसके कुमकुम (अविर) बाट पनि स्वातिक बनाउन सकिन्छ ।
४. दिपावलीका दिन घर वा व्यवसायिक स्थलको मूलढोकामा माता लक्ष्मीको पाइला बनाउनु धेरै लाभदायक मानिन्छ । ध्यान राख्नुहोस्ः पाइलाको छाप भित्र फर्किएको हुनु पर्दछ ।
५. दिपावलीको दिन घर वा व्यवसायिक स्थलको मूलढोकाको माथि माता लक्ष्मी कमलको फूलमा विराजमान भएको फोटो लगाउनु धेरै फाइदाजनक तथा परिवारमा सुखद समाचार मिल्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images