­
­

युवा संघ नेपालका अध्यक्षले प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिलाई नक्खु जेलमा हाल्नु पर्छ भन्दा काँग्रेस नेताले समर्थन जनाए

8:04 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ, ३ कात्तिक । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री विमलेन्द्र निधिलाई नख्खु जेलमा हाल्नुपर्ने बताएका छन् ।
शहिद गुरु लुइँटेल अध्यययन तथा विकास केन्द्रले राजधानीमा आयोजना गरेको कार्यक्रममा पहारीले राज्यले अपराधी भनेर खोजी गरेका रेशम चौधरीलाई भारत भ्रमणका क्रममा भेटेको भन्दै प्रचण्डलाई सिंहदरबारबाट निकालेर नख्खु जेलमा राख्नुपर्ने बताए । गृहमन्त्री निधिले पनि कानुन विपरित काम गरेको भन्दै पहारीले उनलाई पनि नख्नु जेल लैजानु पर्ने दाबी गरेका थिए ।



सँधै खरो भाषण गर्ने पहारीले त्यसो भनिरहँदा मञ्चमा बसिरहेका काँग्रेसका युवा नेता तथा सांसद रामहरि खतिवडाले पहारीलाई झनै हौसाए । खतिवडाले मञ्चबाटै भने– तपाईँ अझै अघि बढ्नुस, तपाईँका सबै कुरामा मेरो समर्थन छ ।’
पहारीको पछि बोल्ने पालो आयो, काँग्रेस नेता खतिवडाको । खतिवडाले आफ्नो मन्तव्यका क्रममा पहारीले भनेका सबै कुरामा आफ्नो समर्थन रहेको दोहोर्याए ।
कार्यक्रममा नेकपा एमालेका सचिव प्रदीप ज्ञवाली प्रमुख अतिथि थिए । उनले माओवादीको अतिवादका कारण गुरु लुईंटेल जस्ता होनाहार शिक्षक तथा एमालेका सिपाहीलाई गुमाउनु परेको भन्दै अपराधिक कार्यमा लागेका कसैलाई पनि छाड्न नहुने बताए । कार्यक्रममा पूर्वप्रमुख सेनानी रुकमांग्गद कटुवाल पनि अतिथिका रुपमा निम्त्याइएका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

← Previous Story

Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images