भारतीय बाँधका कारण हजार हेक्टर नेपाली भूमी डुबानमा, के हेर्दैछ नेपाल सरकार ?

7:29 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ४ कात्तिक । भारतले पानी जम्मा गर्न सीमा क्षेत्रमा एकतर्फी रुपमा बनाएको ४ बाँधको फाटक बन्द गर्दा नेपालको ९ सय ४० हेक्टरमा लगाइएको धान बाली डुवानमा परेको छ। गत असोजमा आएको वर्षापछि भारतीय पक्षले निर्माण गरेको बझाहा, महलीसागर, सिसवा र मझौलीमा रहेको बाधको फाटक नखोलेपछि दक्षिणी एक दर्जन गाविसको काटने अवस्था रहेको धानबाली लगाइएको भूभाग डुवानमा परेको हो। कृषि कार्यालय अनुसार चार बाँधका कारण ५ गाविसका १५ गाउमा लगाइएको ९ सय ४० हेक्टर बढी काटने अवस्थामा रहेको धानमा क्षति पुगेको छ।

सबै भन्दा बढी बझाहा बाधका कारण ६ सय बढी हेक्टर धान खेत डुबानमा परेको हो। पिपराको तुल्सीडहवामा सय, गौरामा २ सय, बलहुवा गाविसको सिसहनियामा ३५, बिजुवा गाबिसको १ देखि ६ वडाका २ सय ७५ हेक्टर धानबाली पानीमा चुर्लुम्म डुबेको छ। यस्तै तितिर्खी गाबिसको रजवापुरमा ६०, पकडीमा १ सय ५०, दरखसवामा ३०, रंगपुरको पुन्नीहवामा ६० र रतपुरमा ३० हेक्टर क्षेत्र डुबानमा परेको पीडित कृषक बताउँछन्। अहिले खेतमा ५ फिट बढी पानी जमेको। डुवनकै कारण २०–२५ वर्ष यता कृषकले राम्ररी खेतीपाती स्याहार्न पाएका छैनन्।
नागरिक दैनिकमा समाचार छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images