तीन करोड नेपालीको शीर उचो बनाउदै तामाङ दिदी भाइले रचे नयाँ इतिहास,पाकिस्तानलाई फाइनलमा हराउदै जिते स्वर्ण
8:52 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
शुक्रबार अबेर राति भएको फाइनलमा रत्नजित र नङशलको जोडीले पाकिस्तानका मोहम्मद इर्फान सइद भट्टी र मेहमोना अमिनको जोडीलाई २१–१३ र २१–१५ को सोझो सेटमा पराजित गरी ब्याडमिन्टनमा नेपाललाई ऐतिहासिक सफलता दिलाएको नेपाल ब्याडमिन्टन सङ्घका उपमहासचिव लवभक्त श्रेष्ठले जानकारी दिए। नेपाली ब्याडमिन्टनको इतिहासमा कुनै पनि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा हालसम्म स्वर्ण जितेका छैनन् । यसअघि दुई भिन्नभिन्नै अन्तर्राष्ट्रिय प्रतियोगितामा सुमिना श्रेष्ठ र पूजा श्रेष्ठले महिला डबल्समा रजत जितेका थिए ।
त्यो नै ब्याडमिन्टनले अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धि थियो । नङशलले महिला सिङ्गल्समा पनि काँस्य पदक जितिन् । रासस
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments