साउदी अरब का राजाले नया निएम नेपालि कामदार हरुलाई अर्को हप्ता देखि नया निएम लागु गर्दैछन उक्त नियमबाट धेरै नेपालि कामदार हरु खुसिहुने उक्त बक्तव्यमा जानकारी दिए

6:07 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
आश्विन १७, २०७३- साउदी ट्राफिक बिभागले सरकारले पारित गरेको नयाँ ट्राफिक नियम दुईसातापछि लागु गर्ने घोषणा गरेको छ । साउदीबाट प्रकाशित अल मदिना अरबिक दैनिकका अनुसार मन्त्री परिषदको अगष्ट ८ मा बसेको बैठ्कले नयाँ ट्राफिक नियमको जरिवाना तोकेको थियो । जसमा सरकारले ट्राफिक नियम उलंघन गर्नेलाई २० देखि ६० हजार रियालसम्म जरिवाना तोकेको छ ।

कुन कसुरमा कति जरिवाना लाग्छ यहाँ दिइएको छ ।

एक हजार देखि दुई हजार जरिवाना
रेल्वेको ट्र्‍याकमा रोकेमा, अनुमति नपाएको गाडीले यात्रु बोकेमा, लाइसेन्स र गाडीको दर्ता कार्ड (इस्तिमारा) देखाउन अस्वीकार गरेमा, गाडीको नम्बर नदेख्ने गरी राखेमा, अर्काको लाइसेन्स वा इस्तिमारा प्रयोग गर्नेलाई एक देखि दुई हजार रियाल जरिवाना लगाउनेछ ।

३ देखि ६ हजार रियाल जरिवाना

रातो बत्तीमा गाडी चलाएमा, अबैध नम्बर प्लेट प्रयोग गरेमा, अर्काको गाडीको नम्बर प्रयोग गरेमा, स्कुलबसबाट बच्चा चढाउने र ओराल्ने बेला ओभरटेक गरेमा, चेकपोइन्टमा रोक्न अस्वीकार गरेमा वा सुरक्षाकर्मीले दिएको निर्देशन पालना नगरेमा र सार्वजनिक हित बिपरीत हुने स्टिकर प्रयोग गरेमा ३ देखि ६ हजार रियाल जरिवाना लगाउनुकौ साथै गाडी जफत गरिनेछ ।

५ देखि १० हजार रियाल जरिवाना

गाडीमा अनाबश्यक रुपमा सजावट गरेमा, मादक पर्दाथ राखेमा वा प्रयोग गरेमा, सम्बन्धित निकायको सहमति बिना सडकमा सामान झारेमा वा त्यस्तै क्रियाकलाप गरेमा ५ हजार देखि १० हजार रियाल जरिवाना र गाडी जफत गरिनेछ ।


१० हजार रियाल जरिवाना वा ३ महिना जेल
दुर्घटनास्थलमा गाडी रोक्न असफल भएमा, घटनाबारे सम्बन्धीत निकायमा खबर नगरेमा र घाइते ब्यक्तिलाई आबश्यक सहगोग नगरेमा १० हजार रियाल वा ३ महिना जेल हुनेछ ।

२० देखि ६० हजार रियाल
‘स्टण्ट—ड्राइभिङ’ (बलपुर्बक सडकमा गरिने ड्राइभिङ) गरेमा पहिलो पटक २० हजार रियाल र १५ दिनको लागि गाडी जफत गरिनेछ । दोश्रो पटक ४० हजार रियाल र ३० दिनको लागि गाडी जफत गरिनेछ । दोश्रो पटक कारबाहीको लागि अदालतमा समेत लगिनेछ । तेश्रो पटक पनि गरेमा ६० हजार रियाल, गाडी सधैको लागि जफत र अदालतमा कारबाहीको लागि लगिनेछ ।
जफत गरिएको गाडी बिक्री गर्न पाइने छैन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images