धादिङमा भेटियो पिङमा झुण्डिएको यस्ताे शंकास्पद शव.........

7:01 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
धादिङ, २ कात्तिक, धादिङको निलकण्ठ नगरपालिका ७ स्थित सुकौराबेसीमा एक युवाको झुण्डिएको अवस्थामा शव भेटिएको छ । अन्दाजी २५ देखि ३० वर्षका ति युवा दशैंमा तयार पारिएको पिङमा झुण्डिएको अवस्थामा भेटिएका हुन् ।
घटनाबारे थाहा पाएपछि जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ । प्रहरी निरिक्षक भिमलाल भट्टराईका अनुसार दशैंमा बनाइएको पिङमा झुण्डिएको अवस्थामा भेटिएकाले प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टमको लागि धादिङ बेसी तर्फ लगिएको छ ।
मंगलबार विहान साँढे ६ बजेतिर मानिस झुण्डिएको खबर आएको थियो । झुण्डिएका व्यक्तिको पहिचान खुल्न सकेको छैन । प्रहरीले अनुसन्धान पछि घटनाको सत्य तथ्य सार्वजनिक गर्ने बताएको छ ।
झुण्डिएको अवस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । खुट्टाले जमिनमा छोएको अवस्थामा रहेकाले कसैले हत्या गरेर झुण्ड्याइदिएको हुनसक्ने अनुमान समेत स्थानियले लगाएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images