नेपालको हितमा चीनले खोल्यो मुख, त्रिदेशीय समझदारी गर्न आफू तयार रहेको चीनको भनाई

7:21 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाण्डौं, २ कात्तिक । चीनले नेपाल र भारतसँग समझदारी गर्दै त्रिदेशीय समझदारी गर्दै अघि बढ्न आफू तयार रहेको बताएको छ ।

चिनियाँ परराष्ट्र मन्त्रालयमा आयोजित नियमित पत्रकार भेटघाटमा बोल्दै प्रवक्ता हुवा चुनयिङले चीन, भारत साझा विकासलाई प्रवर्द्धन गर्दै जाने आशा व्यक्त गरिन् । ब्रिक्स सम्मेलनका क्रममा गोवामा भएको निचियाँ राष्ट्रपति सी जिङपिङ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भेटका विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले त्रिदेशीय सहयोग र विकासका लागि चीन तयार रहेको बताएकी हुन् । नेपालमा यसको विरोध भइरहेका बेला उनले त्रिदेशीय भेटलाई सकारात्मक भएको टिप्पणीसमेत गरेकी छन् । सो अवसरमा चिनियाँ राष्ट्रपतिले नेपालका प्रधानमन्त्रीसँगको भेटका क्रममा चीनले नेपालसँगको सम्बन्धलाई निकै जोड दिँदै नेपालसँग विभिन्न क्षेत्रको प्रभावकारी सहयोगलई गहन पार्दै जाने बताएको प्रवक्ता चुनयिङले जानकारी दिइन् ।

सो अवसरमा नेपाल, भारत र चीनबीच स्वदेशी आर्थिक तथा सामाजिक विकास मात्र नभई क्षेत्रीय स्थिरता तथा विकासका लागि चीन सकारात्मक रहेको प्रवक्ता चुनयिङले जानकारी दिइन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images