पूर्वराजा ज्ञानेन्द्रले गणतन्त्रप्रति असन्तुष्टि जनाउदै नेताहरु लाइ ६ प्रश्न सोध्दै दसैँ शुभकामना दिए....

7:20 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २१ असोज । पूर्व राजा ज्ञानेन्द्र शाहले विजया दशमीको अवसरमा देश विदेशमा रहेका सबै नेपालीलाई शुभकामना दिँदै ६ प्रश्न सोधेका छन् । शुभकामना सन्देशमा पूर्व राजा ज्ञानेन्द्रले दलहरुले भनेअनुसार कुनै परिवर्तन नआएको भन्दै सोच्नुपर्ने बेला आएको उल्लेख गरेका छन् ।



यस्ता छन् ६ प्रश्न
वितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ?
राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो भयो त ?
भ्रष्टाचार, अनियमितता, ढिलासुस्ती, दण्डहिनताको अन्त्य गरि जनमुखी शासन, प्रशासन प्रारम्भ गरियो त ?
विकास, निर्माण र उद्योग व्यवसाय फस्टाउने वातावरण बनाइयो त ?
परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ?
घर, परिवार छाडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली यूवालाई मूक्त गरियो त ?

शुभकामना सन्देशको अन्तिममा भनिएको छ ‘अपराध र अपराधिकरणलाई निरुत्साहित गरियो या जनताका निम्ति के के गरिए त्यसको समिक्षा गर्न अब विलम्व भैसकेको छ ।’

यस्तो छ शुभकामना सन्देश
प्यारा नेपाली दिदीबहिनी तथा दाजूभाइ,
वडा दसैँको यस पावन अवसरले हाम्रो रीतिथिती, संस्कृति, धर्म परम्परा र सभ्यता एवं त्यसको निरन्तरताको मौलिक अस्तित्वलाई सवल पार्दछ । यस सुखद अवसरमा म देशभित्र र देश बाहिर रहे बसेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि हार्दिक मंगलमय शूभकामना व्यक्त गर्दछु ।

नेपालीको चाहाना शान्ति, सूरक्षा, स्थायित्व, विकास र समृद्धि हो । रोजगारी र सूरक्षित जीवन नागरिकहरुको नैसर्गिक अधिकार हो । वितेका दशकभित्र जनताको दैनिक जीवनमा सकारात्मक परिवर्तन भयो त ? राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय एकता र सामाजिक सद्भाव वलियो भयो त ? भ्रष्टाचार, अनियमितता, ढिलासूस्ती, दण्डहिनताको अन्त्य गरि जनमूखी शासन, प्रशासन प्रारम्भ गरियो त ? विकास, निर्माण र उधोग व्यवसाय फस्टाउने बातावरण बनाइयो त ? परिपक्क परराष्ट्र नीति तर्जूमा गरेर देशको स्वाभिमान र स्वार्थ रक्षा गरियो त ? घर, परिवार छाडेर पराया भूमिमा पसिना बगाउनुपर्ने बाध्यताबाट नेपाली यूवाहरुलाई मूक्त गरियो त ?

नेपाल पूर्वीय दर्शनको आध्यात्मिक र जीवन्त संस्कृति धरोहर केन्द्र हो । हाम्रो धर्म मेटिए हाम्रो संस्कृति मेटिन्छ र हाम्रो संस्कृित मेटिए हाम्रो सभ्यताको मुल नै सुक्दछ र हाम्रो संस्कृति र सभ्यता मेटिए हामी पनि मेटिन्छौँ । राजकीय सत्ता, धर्म, संस्कृति र समाज स्थायी तत्व हून् । राष्ट्रिय कार्यसुची र शक्ति सन्तुलन नै राष्ट्रिय सहमतिको मुल मन्त्र हो । हाम्रो अस्तित्व, स्वाभिमान एवं गौरवगाथाको समग्र रक्षाको लागि हामी सबै एक हौँ ।

श्री नवदुर्गा भवानीले नेपालीहरुमा रहेको स्नेह र सद्भावना सधै कायम राखि देशको लागि आफ्नो जीवनको प्रत्येक क्षण अर्पण गर्ने प्रेरणा प्रदान गरुन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images