भारत चाहँदैन त्रिदेशीय साझेदारी, विज्ञ भन्छन : नेपाल स्वतन्त्र देश भन्ने नै मान्दैनन भारतीयहरु

7:43 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, ६ कात्तिक । गोवा सम्मेलनमा संयोगवश प्रधानमन्त्री प्रचण्ड, भारतीय समकक्षी नरेन्द्र मोदी र चीनका राष्ट्रपति सी जिनपिङ एकठाउँ भेटिए । आजको नागरिक दैनिकमा खबर छ– मौकामा चौका हान्न खप्पिस प्रचण्डले त्यहीबेला तीन देशबीच त्रिदेशीय साझेदारीमा विकाससहितका काम अघि बढाउनुपर्ने प्रस्ताव राखे । चीनका तर्फबाट प्रस्तावमा सकारात्मक प्रतिक्रिया आए पनि स्रोतका अनुसार त्यतिबेला यो विषयमा मोदी प्रतिक्रियाविहीन थिए ।



प्रचण्डले उक्त भेटलाई उपलब्धिका रुपमा व्याख्या गर्दा त्रिदेशीय साझेदारी प्रस्तावलाई दुवै देशले सकारात्मक रुपमा लिएको दाबी गरेपनि भारत तत्काल यस्तो साझेदारी निर्माणप्रति इच्छुक देखिन्न ।
वैदेशिक मामिलाका जानकार अहिले पनि यो विषयमा बल भारतीय कोर्टमै रहेको र उसले नचाहेसम्म यसले मूर्त रुप लिन नसक्ने बताउँछन् ।
‘बाहिर २१ औं शताब्दीअनुकूल नीति भन्दै आएपनि भारतको नेपालसम्बन्धी नीति अझै पनि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले निर्धारण गरेअनुसारै छ,’ राजनीतिक विश्लेषक हरि रोका भन्छन्, ‘नेपाल स्वतन्त्र देश भने पनि भारतीयहरु अझैसम्म आफ्नै सेक्युरिटी अम्रेलाको देशका रुपमा ठान्छन् । नेहरु डक्ट्रिनबाट बाहिर नआउनजेल यो (त्रिदेशीय सझेदारी) सम्भावना छैन ।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images