धर्मको नाममा राजनीति : ज्ञानेन्द्रले उद्घाटन गरेको विराट सम्मेलनको बन्द सत्रमै कुटाकुट,पूर्वराजाको पहिलो गाँसमै ढुंगा
8:59 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
सम्मेलनले भरतकेशर सिंहलाई सर्वसम्मत अध्यक्षमा निर्वाचित गरेपछि केही युवाको समूहले निर्वाचनको माग गर्दै नाराबाजी गरेका थिए । त्यसपछि उनीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको बुझिएको छ ।बन्द सत्रमा राप्रपा नेपाल र हिन्दू सनातन मोर्चाका प्रतिनिधिले विरोध जनाएपछि तनावको स्थिति आएको थियो । झडपमा केही युवा घाइते भएका छन् । सम्मेलनको बुधबार पशुपतिस्थित वनकालीमा पूर्वराजा ज्ञानेन्द्र शाहले उद्घाटन गरेका थिए ।
पूर्वराजा ज्ञानेन्द्रमार्फत उदघाटन गराइएको सम्मेलनमा यसरी आपसमै पिटापिट भएपछि यो घटनाले पूर्वराजाको राजनीतिक पहलको पहिलो गाँसमै ढुंगा लाग्न पुगेको छ । दलहरुवीच व्याप्त असन्तुष्टिलाई ‘क्यास’ गर्दै राजावादीहरुले ज्ञानेन्द्रलाई मैदानमा उतार्ने प्रयास गरेका थिए । तर, बिहानीले दिउँसोको संकेत गर्छ भनेजस्तै राजावादीहरुको सम्मेलन निराशाजनक एवं एकप्रकारले विफलजस्तै बन्न पुगेको छ ।
शनिबारसम्म चल्ने भनिएको हिन्दुवादीहरुको तीन दिने यो सम्मेलनले ज्ञानेन्द्रलाई सम्राट घोषणा गर्ने र नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्ने बताइएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments