साउदी अरबमा राजकुमारलाई हत्या अभियोगमा यसरी मृत्यु दण्ड दिईयो !

8:15 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
तीन वर्ष पहिले साउदी अरबको राजधानी रियादमा एक व्यक्तिको हत्याको आरोपमा साउदी राजकुमारलाई मृत्युदण्डको सजायँ दिइएको छ । यस कुराको जानकारी अरबको गृहमन्त्रालयले दिएको हो ।

प्रिन्स तुर्की बिन सउद अल कबिरलाई राजधानी रियादमा मत्युदण्ड दिइएको हो । यद्यपी, उनलाई दिइएको मृत्युदण्डको किसिम कस्तो प्रकारको हो भनी स्पष्ट रुपमा दिइएको छैन । साउदी अरबमा धेरैजसो मानिसहरुको शिर छेदन गरी मृत्युदण्ड दिने प्रचलन रहिआएको छ ।

समाचार एजेन्सी एफपीका अनुसार ती राजकुमार यस वर्ष मृत्युदण्ड पाउने १३४ औं व्यक्ति हुन् । शाही परिवारका कुनै सदस्यले मृत्युदण्ड पाउने घटना निकै विरलै भएको संवाददाता बताउँछन् । गृह मन्त्रालयको बयान अनुसार राजकुमारले आफ्नो साथीलाई हत्या गरेको आरोप स्विकारेका थिए ।

मृत्युदण्डको घोषणा गर्दै गृह मन्त्रालयले भन्यो, ‘यसले हरेक नागरिकलाई सरकार न्याय र सुरक्षाका लागि प्रतिबद्ध छ भन्नेमा थप विश्वास दिलाएको छ ।’

अल–अरेबियाका अनुसार पीडित परिवारले ‘ब्लड मनी’ लिन अस्विकार गरेका थिए । यो प्रावधान अनुसार यस्तो घटनामा परिवारका सदस्यले आर्थिक मुआब्जा स्विकार गरे अपराधी दोषीमुक्त हुन्छ ।

साउदी अरबमा सन् १९७५ मा शाह फैसलको हत्या गर्ने शाही परिवारका सदस्य फैसल बिन मुसैल अल सउदलाई पनि मृत्युदण्ड दिइएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images