औषधी लिन घरबाट हिँडेकी महिलाको शव फेला, नाङ्गो अवस्थामा फेला पारिएका कारण बलात्कारपछि हत्या गरिएको हुनसक्ने आशंका

7:09 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
असोज २१ – बाँकेमा बुधबार दिउँसो औषधी लिन जाँने भन्दै घरबाट हिँडेकी एक महिलाको रहरबारीमा शव फेला परेको छ ।



कम्दी गाविस ९ की ३० बर्षिया शान्ति बुढाको घरभन्दा केही टाढा रहरबारीमा शव फेला परेको हो । राति अबेरसम्म पनि घर नफर्किएपछि शान्तिको खोजी गर्नेक्रममा कम्दी ६ स्थित रहरबारीभित्र मृत अवस्थामा बिहीबार बिहान फेला पारिएको हो ।

प्रहरीले उनको साथमा औषधी समेत फेला परेको जनाएको छ । रहरबारीभित्र उनको शव नाङ्गो अवस्थामा फेला पारिएका कारण बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानीय बासिन्दाले अनुमान गरेका छन् ।

घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले प्रारम्भिक अनुसन्धानका क्रममा महिलाको हत्या गरिएको बुझिएको जनाएको छ । शव पोष्टमार्टमका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्जमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी सरोज पौडेलले जानकारी दिएका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images