सभामुख घर्तीले सांसदको खाना र खाजा बन्द गरिदिएपछि जोगियो संसद सचिवालयको ५६ लाख ....

6:28 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, १८ असोज । संसद सचिवालयले खाना र खाजाको सट्टामा भत्ताको व्यवस्था गरेपछि सचिवालयको खर्चमा ५६ लाख रूपैया भन्दा बढी बचत भएको छ।

सभामुख ओनसरी घर्तीले भदौदेखि बैठक बसेको दिनको खाना र खाजाको कटौती गरेकी थिइन्। गत वर्षको भदौ महिनामा सचिवालयको खाना र खाजामा ६४ लाख ४ सय ७३ रूपैया खर्च भएको थियो। यो वर्षको भदौ महिनामा ७ लाख ६२ हजार ४ सय ८३ रूपैया खर्च भएको छ।

भदौदेखि सांसदहरूले बिहान ९ बजेभन्दा पहिला र साँझ ७ बजेभन्दा पछि बैठक बसेमा ४ सय रूपैया रूपैया भत्ता पाउने गरेका छन्। सचिवालयका कर्मचारीहरुले बिदाको दिन बाहेकको खाना खाजा खर्च बापत दैनिक ६ सय ५० रूपैया पाउने गरेका छन्।

बिदाका दिनमा पनि कर्मचारी सचिवालय आउन परेमा उनीहरूले खाना र खाजा बापतको ६ सय ५० भत्ता पाउने गरेका छन्। गत वर्षको भदौ महिनामा संसदीय समितिको खाना खाजा खर्च गरी ५७ लाख ९७ हजार ४ सय ल६२ रुपैया खर्च भएको थियो। यो वर्ष २ लाख ४५ हजार रुपैया मात्रै खर्च भएको छ। गत वर्षको भदौ महिनामा संसदीय दल कार्यालयको लागि ५ लाख ६९ हजार ५ सय ९८ रूपैया खर्च भएको थियो भने यो वर्षको भदौ महिनामा ४३ लाख ८८ हजार ६ सय ६६ रुपैया खर्च भएको छ ।

संसद सचिवालयका लागि ३३ हजार ४ सय १३ रुपैया खर्च भएको थियो भने यो वर्षको भदौ महिनामा २८ हजार १७ रुपैया खर्च भएको छ। भदौ महिनाभन्दा पहिला बिहान बैठक बसेको समयमा खाना र दिउँसो बैठक बसेको बेलामा खाजा फलफूल खुवाउने गरिएको थियो।

अहिले भने बैठक बसेको बेलामा कालो चिया र बिस्कुट मात्रै दिइने गरिएको छ। चिया र बिस्कुट बैठक कोठामा राखिन्छ र आफ्नो आवश्यकता अनुसार लिन पाइन्छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images