राष्ट्रकवि घिमिरेले एमाले अध्यक्ष ओलीका उखान टुक्काको किन गरे प्रशंसा ?

9:36 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौँ, २१ असोज । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको निवास लाजिम्पाटमा पुगी आज करिब एक घन्टा भलाकुसारी गर्नुभएको छ । अध्यक्ष ओलीले भाषण गर्दा उखान टुक्का जोड्ने गर्नाले नेपाली भाषा साहित्यको जर्गेका गर्न मद्दत पुगेको हुनाले त्यसलाई ख्यालठट्टा रुपमा लिन नहुने राष्ट्रकवि घिमिरेको भनाई ।



अध्यक्ष ओलीले राष्ट्रकवि घिमिरेको ९८औँ जन्मदिनका अवसरमा शुभकामना दिनुभयो । सो अवसरमा नेपालीको विभिन्न चाडपर्वका शुभकामना आदानप्रदानसमेत भयो । अध्यक्ष ओलीले राष्ट्रकवि घिमिरेबाट आर्शिवाद लिनुभयो । उहाँको स्वास्थ्यस्थितिका बारेमा चासो राख्नुभएको थियो । राष्ट्रकवि घिमिरेको स्वास्थ्य अवस्था अहिले सामान्य छ । राष्ट्रकवि घिमिरेले नेता ओलीले राख्नुभएको राष्ट्रियता, देशभक्तिको भावनाबाट आफू प्रफुलित भएको र उहाँको अडान आफूलाई सही लागेको सुनाउनुभयो । अध्यक्ष ओलीले भाषण गर्दा उखान टुक्का जोड्ने गर्नाले नेपाली भाषा साहित्यको जर्गेका गर्न मद्दत पुगेको हुनाले त्यसलाई ख्यालठट्टा रुपमा लिन नहुने राष्ट्रकवि घिमिरेले विचार राख्नुभएको थियो ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images