भारत र पाकिस्तान बीच युद्द हुदा परमाणु बम जसले हाने पनि आफु लगाएत यसकारण छिमेकी देश पनि रहने छैनन् बमको रेडियसनको असरले मानिसहरु तडपाउने

8:40 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
नयाँ दिल्ली– भारत–पाकिस्तानवीच यदि युद्ध भयो र दुवै देशले आफुसँग भएका आधा मात्र परमाणु बमको बटन थिचे भने, भारत र पाकिस्तानमा एकै झट्कामा दुई करोड १० लाख मानिस मर्छन । यसको असर छिमेकी अरु देशमा मात्र होइन, आधा विश्वमा पर्नेछ ।


भारतीय मिडियाका अनुसार, -यो खवर भारतीय न्यूज च्यानल न्यूज २४ को वेवसाइटमा प्रकाशित छ ।
–भारत र पाकिस्तानसँग जति परमाणु बम छन्, उनीमा हरेक बम हिरोशमामा गिराएको १५ किलोटन बम बराबर छन् । यी बम जव जमिनमा गिर्छन, यसको गर्मी, आगो र रेडियशनबाट मानिसहरु मारिन्छन् । त्यसपछि बाचेका मानिसहरुका लागि पनि जीवत रहन त्यति सजिलो हुनेछैन । भोपाल ग्यास चुवाहटको ३० बर्षपछि पनि विरामी देखिएका छन् । परमाणु बमको असर त, धेरै रहन्छ ।

–बमको रेडियसनको असरले मानिसहरु तडपाउने मात्र छैनन्, मानिसहरुको निकै दूखद मृत्यु हुनेछ ।बैज्ञानिकको कुरा मान्ने हो भने यति धेरै रेडियशनबाट वायुमण्डलमा ओजोन बर्बाद हुन्छ । वायुमण्डलमा ओजन गायव हुने वा बर्बाद हुनुको अर्थ हुन्छ, हावामा त्यो ग्यास खत्तत हुनेछ, जसले मौसम बदलिदिन्छ । अर्थात आधी दुनियाँमा चिसो–तातो मौसमको सिलसिला बन्द हुनेछ । यस्तोमा चिसोले संसारका आधाभन्दा बढी रुख विरुबा मर्न सक्छन् ।

–वैज्ञानिकको भनाई छ कि, दुई देशका वीचमा एटम बमवाला युद्ध भयो भने सूरतमा २ करोड १० लाख मानिसको मृत्यु त पहिलो साता नै हुन्छ । मृत्युको यो तथ्याङ्क दोस्रो विश्व युद्धको तुलनामा आधा हुनेछ । यति मात्र होइन, मृत्युको यो आकडा भारतमा पछिल्लो नौ बर्षमा चरमपन्थी समूहबाट मारिएका मानिस प्रहरी र अन्य सुरक्षा बलको तुलनामा २ हजार २२१ गुणा धेरै हुनेछ । यसको मतलव यो हुन्छ कि अहिले विश्वमा चरमपन्थी समूहले जति मानवीय नोक्सान गरेका छन्, त्यो भन्दा दुई हजार गुणा धेरै हुनेछ ।

-हालात यस्तो हुनेछ कि, संसारको एउटा ठूलो इलाकामा रुख–विरुवा र बनस्पतीको नामो निशान मेटिनेछ । यसका कारण दुई अर्व लोग भोखमरीको थपेटमा पर्नेछन् । यो तथ्याङ्क भौतिक वैज्ञानिकहरुले २०१३ मा जारी गरेका थिए, किनभने उनीहरुले परमाणु युद्ध रोक्नका लागि अध्धयन गरेका थिए ।
श्रोत : रातोपाटी
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images