लोकमानविरूद्धको महाअभियोग दायाँबायाँ नसोचि पारित गर्नुपर्ने मन्त्री थापाको अभिब्यक्ती
6:57 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
नेपाली कांग्रेस ठूलो पार्टी भएको कारण विधिको शासन र सर्वोच्च अदालत सम्मानका खातिर लोकमानविरूद्ध संसदमा कठोरसाथ उभिनुपर्ने बताए। ‘पार्टी सभापतिज्यूसँग छलफलपछि नै महाअभियोग सिफारिस भएको भन्ने कुरा आएको छ, त्यसैले मलाई लाग्छ कांग्रेस महाअभियोग प्रस्तावको पक्षमा कठोरसाथ संसदमा प्रस्तुत हुनेछ,’ थापाले भने, ‘हामी पहिलेदेखि नै यस विषयमा कुरा उठाउँदै आएका सांसद चाहिँ यो प्रस्तावको समर्थनमा पार्टीभित्र लविङ नै गर्दैछौं।’
थापाका अनुसार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बिहीबार बस्दैछ। उक्त बैठकमा लोकमानसिंह कार्कीबारेको महाअभियोग प्रस्तावबारे छलफल हुने छ। ‘कांग्रेस केन्द्रीय समितिको बहुमतले महाअभियोग पारित गर्ने निर्णय गर्ने मेरो विश्वास छ,’ थापाले भने।
अख्तियार प्रमुख कार्कीको आचरण, व्यवहार तथा सर्वोच्च अदालतसँग गरेको अपमानपूर्ण कार्यकै कारण पनि महाअभियोग जरुरी भइसकेकोमा बुधबारको प्रस्ताव धेरै नै सकारात्मक भएको थापाले बताए। ‘लोकमानलाई महाअभियोग धेरै पहिले नै लगाइसक्नुपर्ने थियो, अहिले परिपक्व स्थितिबाट प्रस्ताव अघि बढेको छ, यसलाई पारित गर्नुपर्छ,’ थापाले भने। विधिको शासन र लोकतन्त्रका निम्ति पनि यो प्रस्ताव कतै नअल्मिलिकन पारित गर्नुपर्ने थापाले बताए।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments