साउदी,कतार ,दुबईको भिसा शुल्कमा केहि परिवर्तन, विदामा आउने नेपाली कामदार तथा दशैँ तिहार पछि जाने को लागि एकदमै खुसीको खबर !!!

7:48 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं । साउदी अरबले आफ्नो भिसासहित अध्यागमन सम्बद्ध शुल्कमा भारी वृद्धि गरेको छ । तेलको मूल्य आएको गिरावटले राजश्व प्रभावित भएपछि साउदी सरकारले भिसा शुल्क बढाएको हो । यो आइतबारदेखि नै लागू हुने अरबन्युजले जनाएको छ ।

नयाँ शूल्क अनुसार यसअघि २५ रियालमा पाइने भिजिट भिसाका लागि अब २ हजार रियाल तिर्नुपर्ने भएको छ । यस्तै ५ सय रियालमा पाइने ६ महिनाको मल्टिपल भिसा अब ३ हजार रियाल तिरेपछि मात्रै लाग्नेछ । एकवर्षका लागि ५ हजार रियाल र दुई वर्षका लागि मल्टिपल भिसा पाउन अब ८ हजार रियाल तिर्नुपर्ने भएको छ ।

साउदी सरकारले एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क पनि तोकेको छ । यसबाट नेपालीहरु पनि प्रभावित हुनेछन् ।
दुई महिना छुट्टीमा आउनेले २०० रियल ‘एक्जिट एण्ड रिइन्ट्री भिसा शूल्क तिर्नु पर्ने समाचारमा उल्लेख छ । दुई महिनाभन्दा बढी बसेमा प्रत्येक महिनाको १ सय रियालका दरले अतिरिक्त शुल्क तिर्नुपर्ने भएको छ ।

कम तलब कम पाउने, समयमै नपाउने र बढी दुःख, जोखिम खेप्नुपर्ने स्थितिले पछिल्लो समयमा नेपालीको आकर्षण घट्दो छ । अब बढेको शूल्कले उनीहरुलाई थप मारमा पारेको छ ।

साउदी सरकारले यसअघि नै इकामा (आवासिय अनुमति पत्र)को शुल्कमा भारी बृद्धि गरेका कारण कामदार तथा रोजगारदाता कम्पनीमा अतिरिक्त भार परेको थियो ।

कुनैपनि नेपालीले साउदीमा स्थायी रुपमा बसाइसराई, नागरिकता, पीआर या ग्रीनकार्ड लगायतका सुविधा र अधिकार पाउँदैनन् । अब अस्थयी रोजगार तथा आप्रवासनका लागि पनि साउदी अरब महंगो शुल्क बुझाउनुपर्ने मुलुकमा पर्ने भएको छ ।

साउदीले अब सामुन्द्रिक बाटो हुँदै देश छोड्नेहरुसँग पनि ५० रियाल इक्जीट शुल्क लिनेछ । मल्टिपल भिसा अवधि थप्दा प्रतिमहिना २ सय रियाल पनि बुझाउनुपर्नेछ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images