निलम्बित अख्तियार प्रमुख कार्कीलाई बचाउन खोजेको भन्दै डा.केसीले भारतलाई दिए यस्तो कडा चेतावनी

7:06 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाण्डौं, ६ कात्तिक । विगत लामो समयदेखि चिकित्सा क्षेत्रभित्र देखिएको अराजकता र अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति र उनको रवैया विरुद्ध आन्दोलन गर्दै आएका डा. गोविन्द केसीले एमाले र माओवादीले लोकमानतन्त्रको अन्तको लागि चालेको कदमको स्वागत गरेका छन् ।

अख्तियार प्रमुख कार्कीको विरुद्धमा केही दिनअघि संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव पारित गराउन दवाव दिने उद्धेश्य शनिबार आयोजित सडक प्रदर्शन र त्यसपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै उनले सो कदमको स्वागत गरेका हुन् ।

सभालाई सम्बोधन गर्दै डा.केसीले कांग्रेसप्रति भने कडा आक्रोस पोखेका थिए । उनले अख्तियार प्रमुखलाई विदेशीले समेत काखी च्यापेको भन्दै भारतको समेत विरोध गरेका थिए । उनले आक्रोस पोख्दै भने, ‘नेपाल कसैको उपनिवेश होइन, यदि भारतले नेपाललाई चाकडी गराउन खोज्छ भने, लोकमानलाई पनि भारत लिएर जाओस् ।’ डा.केसीले यसअघि प्रधानमन्त्री दाहाललाई महाअभियोगको पक्षमा दह्रोसँग उभिन आग्रह गरेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images