चूप लागेर नबसे नागार्जुनबाट नै हटाइदिने भन्दै पूर्वराजा ज्ञानेन्द्रलाई दिए रक्षामन्त्री खाँडले यस्तो कडा चेतावनी

9:05 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाण्डौं, ५ कात्तिक । पूर्वराजा ज्ञानेन्द्रले बिहीबार विश्वहिन्दु महासंघको कार्यक्रममा दिएको अभिव्यक्तिको रक्षामन्त्री बालकृष्ण खाँडले कडा प्रतिवाद गरेका छन् । नेपाल तरुण दल इलामले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै रक्षामन्त्री खाँडले कडा प्रतिवाद गरेका हुन् ।

कार्यक्रममा बोल्दै रक्षामन्त्री खाँडले पूर्वराजा ज्ञानेन्द्रले सक्रियता बढाए नागार्जुनबाट समेत हटाइदिने चेतावनी दिए । पूर्वराजाले राजाकै हैसियतमा काम गर्न खोजेको आरोप लगाउँदै रक्षामन्त्री खाँडले भने, ‘पूर्वराजाले श्री ५ लेख्न थालेका छन्, कुनामा पुर्याएको मान्छेले आफ्नै स्थानमा बस्नुपर्छ अन्यथा नागार्जुनबाट पनि हटाउन सकिन्छ ।’

पूर्वराजा ज्ञानेन्द्रले बिहीबार विश्वहिन्दु महासंघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुलुक चलाउने राजनीतिक नेतृत्वले निषेधको राजनीति गरेको र त्यसले विद्रोह जन्माउन सक्ने भन्दै कडा अभिव्यक्ति दिएका थिए । अर्को एक प्रसंगमा रक्षामन्त्री खाँडले एमालेले संविधान कार्यान्वयनमा असहयोग गरेको आरोप लगाए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images