छक्का पन्जाले हाल सम्म कमायो १५ करोड – कसको हातमा कति रुपैया ? र हेर्नुहोस FULL MOVIE

7:53 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
दीपकराज गिरी, कलाकार, निर्माता

दीपाश्रीजी र हाम्रो टिमको मेहनतलाई दर्शकहरूले मनपराउनु भयो, त्यसमा यसै पनि हामी दर्शकहरूप्रति आभार छौं । दर्शकहरूले यो चलचित्रलाई यति धेरै मनपराइदिनु भयो कि ‘छक्का पञ्जा’ले सातौं सातासम्म आइपुग्दा १५ करोड रुपैयाँभन्दा बढी ग्रस कलेक्सन गरिसकेको छ ।

जुन नेपाली चलचित्रको इतिहासमा अहिलेसम्मकै सबैभन्दा बढी हो । चलचित्र ‘छक्का पञ्जा’ यसरी चल्नु हाम्रा लागि मात्र होइन, समस्त नेपाली चलचित्रकर्मी तथा नेपाली चलचित्रलाई माया गर्ने सबैका लागि सुखद कुरा हो ।



अब त्यो १५ करोडबाट दीपक–दीपाले मस्ती गर्ने भए, उनीहरू करोडपति भएर आजीवन बाँच्ने भए भन्ने टिप्पणी पनि सुनिरहेको छु । त्यो संभावना पनि थियो, यदि ग्रस कलेक्सन जति सबै हामीले नै उपभोग गर्ने भए । त्यसैले अब त्यो १५ करोड कसरी विभाजित हुन्छ र हाम्रो हातमा कति पर्छ होला त ? भन्ने कुरा स्पष्ट पार्नै पर्छ । पहिलो कुरा त नेपाली चलचित्रका हरेक निर्माताको हातमा ग्रस कलेक्सनको २८ प्रतिशत मात्र पर्छ, त्यो नियमनै छ । भनेपछि १५ करोडबाट हाम्रो हातमा पुगनपुग ४ करोड पर्ला ।

त्यसमा पनि ‘छक्का पञ्जा’मा हामी ७ जना पार्टनर छौं, लगानी र नाफा त्यहाँ बाँडिन्छ । हामीले पाउने २८ प्रतिशतबाहेकको ७२ प्रतिशतमा सरकारको भ्याट, हलमा हुने हरेक सोको चार्ज, केडियल अर्थात् सर्भर चार्ज, नगरपालिका कर, उपत्यका बाहिर वितरकलाई नाफाको ५० प्रतिशत तथा काठमाडौं उपत्यका भित्रका वितरकलाई नाफाको पाँच प्रतिशत कटाइन्छ । हामीले पाउने २८ प्रतिशतमा पनि ‘छक्का पञ्जा’का कलाकार तथा प्राविधिकहरूलाई बोनस दिने निर्णय भैसकेको छ ।

नाफाको केही रकम समाजसेवामा समेत लगानी गर्ने भएका छौं । फेरि ऐतिहासिक सफलताको सेलिब्रेसनमा पनि केही खर्च त गर्नै पर्‍यो । विदेशमा पनि चलेको छ, त्यसबाट त दीपक–दीपाले मनग्गे कमाउँदैछन् भन्नेहरू पनि होलान् । हामीले चलचित्र ‘छक्का पञ्जा’ निर्माण हुँदा नै वैदेशिक, युट्युब तथा अनलाइन अधिकार हाइलाइटस् नेपाललाई बिक्री गरिसकेकाले त्यसमा हाम्रो कुनै हक–दावी हुँदैन । हामीले नेपाली चलचित्रका लागि एउटा कीर्तिमान राख्यौं, दर्शक कमायौं ।

दर्शकले दीपक–दीपा र टिमले राम्रो काम गर्छन् भनेर पत्याए । त्यो हाम्रा लागि अमूल्य नीधि हो । दर्शकहरूको साथ र माया कायम रह्यो भने यस्ता १५ करोड फेरि–फेरि कमाउन सकिन्छ ।<
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images