प्रचण्डले धोका दिएको भन्दै दुई दर्जन माओवादी कार्यकर्ता एमालेमा प्रवेश ........

7:59 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
पर्वत, २० असोज । नेकपा एमाले पर्वतले सञ्चालन गरेको घर फर्क अभियान अन्तर्गत पर्वतको बाजुङ गाविसका दुई दर्जन बढी गाविसस्तरीय नेता तथा कार्यकर्ता एमाले पार्टी प्रवेश गरेका छन ।


विगतमा एमाले हुँदै माओवादीमा लागेका बाजुङ गाविसका माओवादी कार्यकर्ताहरु माओवादी वैचारिक रुपमा विचलनमा परेको भन्दै नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुलाई विहिबार एमाले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमका वीच नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा प्रदेश सह इन्चार्ज गणेश तिमिल्सीनाले अविर लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोल्दै नेता तिमिल्सीनाले माओवादीको नक्कली नारामा लागेर बाटो बिराएका सवै पुर्व पार्टी कार्यकर्ताहरुलाई आफनो सुरक्षित र विश्वासिलो घर एमालेमा फर्कन आग्रह गर्नुभएको थियो ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता तिमिल्सीनाले एमाले नै राष्ट्र निर्माणको पहिलो शक्ति भएकोले राष्ट्र जिम्मेवारी निकट भविश्यमा नेकपा एमाले जिम्मा लिने समेत दाबी गर्नुभयो । बहुमत सहितको पहिलो पार्टी एमाले नभएसम्म राष्ट्रसमस्याहरु समाधान नहुने भन्दै नेता तिमिल्सीनाले एमालेको प्रति जनताको लहर बढेको दाबी गर्नुभयो ।

कार्यक्रममा एमालेका वैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले सवैखालका अतिबादीको विरुद्धमा एमालेको जनमुखी कार्यक्रमको प्रभाव जनस्तरमा परेका कारण एमालेमा घर फर्क अभियानले सार्थकता पाइरहेको दाबी गर्नुभयो । कार्यक्रममा माओवादी गाउँ स्तरीय नेताहरु नारायणदत्त पौडेल, यामनारायण चापागाई, दुर्गाबहादुर दर्जी परियार, गीता भुवाजी, नारायण पौडेल लगाएतका दुई दर्जन बढि कार्यकर्ताहरु पार्टी प्रवेश गरेका थिए ।

नेकपा एमाले पर्वतका अध्यक्ष पदम गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव पदमपाणी शर्मा र स्वागत भक्त कुवंरले गरेका थिए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images