ट्रिपरले ठक्कर दिँदा नारायणमान बिजुक्छेकी भाइबुहारीको गयो ज्यान, ट्रिपरमा तोडफोड,चालक भने फरार

7:57 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
भक्तपुर,२० असोज । मध्यपुर थिमी नपा १६ लोकन्थलीमा बिहीबार दिउँसो ट्रिपरले ठक्कर दिँदा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेकी भाइ–बुहारीको ज्यान गएको छ ।

काठमाडौंबाट भक्तपुर आउँदै गरेको बा ४ ख ३०२० नम्बरको ट्रिपरले आफूभन्दा अघि गुडिरहेको बा ३४ प ६३१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलको पछाडि बसेकी इन्दिरा बिजुक्छेको ज्यान गएको हो । महानगरीय प्रहरी वृत्त ठिमीका अनुसार ट्रिपरको ठक्करलगत्तै लडेकी भक्तपुर नपा ५ देकोचा बस्ने वर्ष ४९ की इन्दिराको घटनास्थलमै ज्यान गएको हो।
वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलियाका अनुसर दुर्घटनामा मोटरसाइकल चालक एवम् मृतकका श्रीमान ५५ वर्षीय राजामान बिजुक्छे घाइते भएका छन् ।
14569137_304862426550177_1205306204_n
मोटरसाइकल चालक राजामान र मृतक इन्दिरा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेका आफ्नै भाइ र भाइबुहारी हुन् । ठक्करबाट इन्दिराको ज्यान गएपछि ट्रिपरका चालक भने फरार भएका छन् । सडकमै ट्रिपर छाडेर चालक भागेपछि आक्रोशित स्थानीय बासिन्दाले त्यसमा तोडफोड गरेका छन् । त्यसलगत्तै प्रहरीले ट्रिपरलाई ठिमी वृत्त ल्याएको छ। प्रनाउ ओलियाले फरार चालकको खोजी जारी रहेको बताए ।

उनका अनुसार दुर्घटनामा परी ज्यान गएकी इन्दिराको शव मध्यपुर थिमिको गट्ठाघरस्थित नागरिक सामुदायिक अस्पतालमा राखिएको छ । त्यस्तै घाइते मोटरसाइकल चालक राजामान पनि स्थानीय मेडिकलमा उपचारपछि अहिले नागरिक अस्पताल पुगेका छन् ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images