परिवर्तन भयो भन्सार नियमः नेपाल आँउदैहुनुहुन्छ भने यस्तो छ सामान लान पाउने नयाँ नियम
7:52 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
विदेशमा ६ महिना बसेका नेपालीले अहिलेसम्म पचास ग्राम काँचो सुन ल्याउन पाउने व्यवस्था थियो । तर सरकारले झिटी गुण्टा सम्वन्धी व्यवस्थामा परिवर्तन गर्दै पचास ग्रामको गहनाका सुनचाँदी वाहेक काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीलाई प्रयोग गरेर तस्करी बढेपछि सरकारले काँचो सुनचाँदी ल्याउन प्रतिवन्ध लगाएको हो । दुबई, मलेसिया लगायतका मुलुकमा रहेका केही नेपाली तस्करले फर्किन लागेका नेपालीलाई सुन भरियाको रुपमा प्रयोग सुनचाँदी ल्याउने गरेका थिए ।
सुन ल्याउने नेपालीलाई केही रकम दिएर झिटीगुण्टामार्फत सुनचाँदीको वैधानिक रुपमा तस्करी भइरहेको थियो । भन्सार विभागका निर्देशक सूर्य सेढाईले तस्करी रोक्न काँचो सुन ल्याउन प्रतिवन्ध लगाएको बताए ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments