प्रचण्ड सरकार ढाल्न सोल्टी होटलको बन्द कोठामा माधब, झलनाथ र उपेन्द्रको गोप्य बैठक,काग्रेंससँग पनि सम्बन्ध चिसिएपछि प्रचण्ड सरकार संकटमा .....

7:42 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाण्डौं, २१असोज । नेपाली राजनीतिमा सरकार बन्नु र ढलाउनु संसदीय राजनीतिको भद्दा खेल नै हो । सरकार ढल्नु वा नयाँ बन्नु नेपाली जनताका लागि खासै नौलो विषय पनि होइन् । राजनीति अनौठोल खेल नै यस्तो छ कि एकदिन अघि समर्थन पक्का गरेको पार्टीले नै अर्को दिन समर्थन फिर्ता लिन्छ । फेरी पनि नेपाली राजनीतिमा सरकार परिवर्तनको लागि पर्दा पछाडी खेल शुरु हुन थालेको छ ।

केही नेताहरु रातारात गरेर होटलतिर सरकार ढाल्ने छलफलमा व्यस्त छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री बनेको दुई महिना पनि पुगेको छैन् उनको नेतृत्व भारी हुन थालिसकेको देखिन्छ केही राजनीतिक दलका नेतालाई । सरकार बनाउन साथ दिने नेपाली कांग्रेस भित्रैको एक समुह,राप्रपा नेपाल, मधेसवादी दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बीचमा सरकार परिवर्तनको लागि गोप्य छलफल र भेटघाट बाक्लिन थालेको छ ।

स्रोतका अनुसार गत शुक्रबार मात्रै राजधानीकै एक होटलमा संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल, नेपाली कांग्रेसका नेता शेखर कोइराला, नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री भिम रावल लगायतका बरिष्ठ नेताहरुकै सहभागीमा गोप्य छलफल भएको थियो । यता मधेसी मोर्चाले सरकारलाई संविधान संसोधनको लागि पटक पटक अल्टिमेटम दिदै आएको छ । उसले कात्तिक १५ गतेसम्मको लागि सरकारलाई संविधान संसोधनको म्याद समेत तोकेको छ । यसबाट पनि आँकलन गर्न सकिन्छ की मधेसी मोर्चा सरकारको विकल्पको खोजीमा छ । संविधान संसोधनलाई सरकारले सोचे अनुरुप अगाडी बढाउन नसकेपछि समर्थन दिएका दलहरुपनि अब सरकारको विकल्पको खोजीमा रहेको बुझ्न गाह्रो छैन् । ’

कांग्रेस र प्रचण्डबिच दरार उता एमाले सरकारमा सामेल भएको माओवादी के्रन्द्रलाई सरकार नेतृत्वमा राम्रै साथ दिने वाचा गरेर कांग्रेसले माओवादी केन्द्रलाई सरकारबाट बाहिर्यायो र म्याद तोकेरै उसको नेतृत्वमा सरकार बन्ने साथ त दियो तर कांग्रेसको त्यो साथ एक महिना पनि राम्ररी टिक्न सकेन फलस्वरुप यी दुई पार्टी विच अहिले फेरी खटपट शुरु भएको लामै समय भइसकेको छ । कांग्रेसभित्रै मन्त्रीको महत्वाकाँक्षी बढी हुनु र कांग्रेसका मात्र मन्त्री संख्या बढाउने चाहना प्रचण्डमा नहुनु जस्ता कारणले पनि यि दुई पार्टीबिचको सम्बन्ध पछिल्लो समय चिसिदै गएको छ । मन्त्री बन्न नपाएपछि कांग्रेसका केही नेताहरु सरकारनै टिक्न नदिने धम्की दिन थालिसकेको स्रोत बताउँछ । कांग्रेस वरिष्ठ नेता शेखर कोइराला यो सरकार ढालेर नयाँ सरकार बनाउँने कसरतमा लागिसकेको बताइन्छ । यसअघि परराष्ट्र मन्त्रीमा कोइरालाको नाम चर्चामा थियो । पार्टी सभापति देउवासँग उनले आफूले परराष्ट्र पाए मात्रै मन्त्री बन्ने बताएका थिए ।

कोइरालालाई बेवास्ता गर्दै देउवाले प्रकाश शरण महतलाई परराष्ट्र मन्त्री बनाए पछि कोइराला देउवा र यो सरकारप्रतिनै रुष्ट बने । कांग्रेस भित्रकै एक शक्ति अहिले सरकार गिराउने खेलमा जमेर लागेको बताइन्छ । यता एमालेमा पनि केही नेता प्रचण्डको सरकार ढालेर कि त माधव नेपाल कि त बामदेव गौतमको नेतृत्वमा सरकार बनाउन लागि परेको बताइन्छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images