अब तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने

12:17 AM

भिडियो सहित हेर्नुहोस !
Advertisement
गोरखा, ८ कात्तिक । गोरखाबाट तिब्बत जोड्ने सडक नेपाली सेनाले बनाउने भएको छ । रक्षामन्त्री बालकृष्ण खाँडले पृथ्वीराजवमार्गको बेनीघाटबाट लार्केभोटसम्म्को एक सय ८० किलोमिटर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिने जानकारी दिएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

सेनाको हेलिकप्टरमा आइतबार तिब्बत सिमानाको सामागाउँ गाविस पुगेर मन्त्री खाँडले आरुघाट हुँदै सामागाउँसम्मको सडक निर्माण गर्न सेनालाई जिम्मा दिने बताए ।

सोही हेलिकप्टरमा सामागाउँ पुगेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले तिब्बत जोड्ने रणनीतिक महत्वको बेनीघाट आरुघाट लार्के सडक निर्माण गर्न नेपाली सेनालाई दिने निर्णय सडक विभागले गरिसकेको बताए ।

सडक योजना कार्यालय गोरखाका प्रमुख इन्जिनियर प्रेमप्रकाश खत्रीका अनुसार यो सडक करिब ८०० किलोमिटर ट्रयाक खोल्ने काम भइसकेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images