नेपालमा अर्को अचम्म : सरकार अपराधी छाड्दै, प्रहरी खोज्दै

7:51 PM

भिडियो सहित हेर्नुहोस !
Advertisement
काठमाडौं, २० असोज । सरकारले संविधान दिवसका अवसर पारेर असोज ३ गते ५ सय ३७ जनाको कैद माफ गर्दै कारागारमुक्त गर्‍यो । असल चालचलन भएको भनेर यसरी कैद माफ हुनेमा उपत्यकामा कहलिएका चोर लुटेरा माइलो भन्ने जंगबहादुर श्रेष्ठ पनि थिए । दसैं नजिकिएसँगै काठमाडौंमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले अहिले उनको खोजी गरिरहेको छ । ‘केही घटनामा श्रेष्ठको संलग्नता खुलेपछि हामीले खोजिरहेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका एक अधिकृतले भने ।

‘असल चालचलन’ मा मुक्त भएका श्रेष्ठ प्रहरीको सूचीअनुसार पटके चोर हुन् । संगठित समूह नै बनाएर काठमाडौंमा चोरीमा सक्रिय उनी कारागारमुक्त भएलगत्तै पुरानै धन्दामा फर्किएको सूचनाका आधारमा महाशाखाले खोजी सुरु गरेको हो ।

दसैंका अवसरमा पनि सरकारले कैदीहरूको सजाय मिनाहा गर्दैछ । यसका लागि गृह मन्त्रालयले एक सयभन्दा बढी कैदीको सूची तयार गरिसकेको छ । कैद भुक्तान, उमेर, अपराधको अवस्था, आपराधिक पृष्ठभूमि, चालचलनलाई आधार बनाएर सरकारले राष्ट्रिय उत्सव र पर्वमा कैद माफी दिँदै आएको छ । गृह मन्त्रालयको तथ्यांकअनुसार २०६७ देखि २०७३ सम्म लोकतन्त्र, गणतन्त्र, संविधान दिवस र दसैंमा गरी करिब ४ हजार जनाले माफी पाएका छन् । यो आँकडाअनुसार प्रत्येक वर्ष ५ सयको कैद सजाय माफी हुने गरेको छ ।

गत वर्ष भूकम्पका कारण कारागार भवन जोखिममा परेकाले कैदीको संख्या घटाउन भन्दै जेठमा ५ सय ४१ कैदीको कैद मिनाहा भएको थियो । संविधान जारी भएको र दसैंका अवसरमा २०७२ असोज ३ मा ६ सय १० जनाको कैद माफ भएको थियो भने गणतन्त्र दिवसमा ८ सय ८७ जनाले माफी पाएका थिए ।

यसरी छुट्नेमा उपत्यकामा चोरीमा कहलिएका विक्रम कार्की, राजेन्द्र सिलवाल, महादेव परियार, मनबहादुर गुरुङ, गणेशबहादुर राणा, राजकुमार कार्की, विकास स्याङतानलगायत १४ जना थिए । जो अहिले प्रहरीको खोजी सूचीमा छन् । गत वर्ष गणतन्त्र दिवसमा सुध्रिएको भन्दै कैद छुट पाएका बुटवलका निरु गुरुङ हतियार देखाएर डाँका गरेको अभियोगमा रूपन्देहीमा समूहसहित पक्राउ परेका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement

Newer Post Older Post
News

You Might Also Like

0 comments

Popular Posts

Flickr Images